व्यङ्ग्य गजल

भन्न पाए पुग्यो

आफू मात्रै ठूला ठालु बन्न पाए पुग्यो
जरो उखेल्न अर्काको खन्न पाए पुग्यो।।

टाट पल्ट्यो भन्ने बैरि कति आए कति
बुझाएको थैली रातमा गन्न पाए पुग्यो।।

महँगीले सुकेनास लागे तिनलाइ लाग्छ
यता उतागरि आफूलाई टन्न पाए पुग्यो।।

धुप हाल्नेले हालि रहुन् फुट्या धुपौरोमा
यहि थलोमा टिकिराख्न धन्न पाए पुग्यो।।

बढारेन भन्छन् लौरोले ठाउँका कसिङ्गर
हलो अड्काइ गोरु कुटे भन्न पाए पुग्यो।।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्