साहित्य, सङ्गीत र कला अमूल्य गहना हुन् यसबीना मुलुक पूर्ण हुन सक्दैन: प्रधानमन्त्री

Copy to clipboard
Copied!

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत र कला मुलुकको अमूल्य गहना भएको जनाउँदै यसबीना मुलुक पूर्ण हुन नसक्ने बताएका छन्।

पूर्वराजदूत प्रतिभा राणाको नेपाली कविता सङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’को विमोचन समरोहमा प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने बताएका हुन्।

यसका साथै उनले नेपाली साहित्यको विकासमा लाग्न साहित्यकारलाई आग्रह पनि गरे। त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास पनि दिलाए।

असल साहित्यले मानिसलाई भित्रबाटै अभिप्रेरित गर्ने, मानिसको सोचाइलाई फराकिलो र जीवनलाई अर्थपूर्ण बनाउन सहयोग पुर्याउने उनले उल्लेख गरे।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्