मोरङको बूढीगंगास्थित विद्यालयमा २ करोड लागतमा कक्षाकोठा निर्माण

काठमाडौँ–राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बूढीगंगा गाउँपालिकास्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ।

राउण्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजनाअन्तर्गत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाइदिएको हो।

बूढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालय परिसरमा बिहीवार आयोजित कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय परिसरमा हालै निर्माण गरिएको ४ कोठे भवनको उद्घाटन गरे।

विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले युरोपस्थित राउण्ड टेबल यूरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४०लाखको लगानीमा ४ कोठे पक्की भवन थप गरेको हो।

राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्तविद्यालयमा यस अघि नै १६ वटा कोठा निर्माण गरिसकेको बताइएको छ।
विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ।

अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए।

थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ।

निर्माण गरिएको सोही कोठाहरुबाट विद्यालयको प्रशासनिक कामकारवाहीका साथै विद्यार्थीहरुको अध्ययन अध्यापन हुने गरेको छ।

त्यतिमात्र नभई विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्वि गर्न समेत राउण्ड टेबल नेपालले भुमिका निर्वाह गर्दै आएको छ।

आफूहरुले अभिभावकत्व ग्रहण गर्नु अघि उक्त विद्यालय नजिकैको जग्गामा टिनको छानो भएको कोठामा सञ्चालन हुने गरेको राउण्ड टेबल नेपालका पुर्व अध्यक्ष दिवाकर राठीले जानकारी दिए।

बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयता निरन्तर विकास निर्माण तथाभौतिक सामग्री जुटाइदिने काम गर्दै आएको राठीले बताए।

राउण्ड नोपाल ११ ले हालसम्म उक्त विद्यालयमा स्वच्छ खानेपानी, शोैचालय, साईकल पार्किङ लगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरिदिएको छ।

बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउण्ड टेबल ११ ले २ करोड बढीको लगानी गरिसकेको छ।

विद्यालयकालागि आवश्यक सम्पुर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाई दिएपछि अब आफुहरु विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धि गर्न लागिपरेको विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए।

कक्षाकोठा लोकार्पण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक स्वर्णकान्त दाहाल सहित राउण्ड टेबल नेपालका दिवस सुवेदी, निखिल जैसानीतथा हरी राठी लगायतका पदाधिकारीहरुको सहभागिता थियो।

यसैवीच मोेरङको रंगेली नगरपालिका ७ मा रहेको आदर्श निम्न माध्यमिक विद्यालयलाई राउण्ड टेवल ५ द्वारा ४ वटा कोठा निर्माण गरी आज एक कार्यक्रमकाबीच िवद्यालयलाई हस्तान्तरण गरिएको छ।

राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठा मा रिवन काटेर हस्तान्तरण गरेका थिए।
सोहीकार्यक्रममा मेयर बगडियाले सो बिद्यालयमा अरु कोठा र अंग्रेजी शिक्षा दिने प्रतिवद्वता जनाएका छन्।

विद्यालयमा ४ सय ६५ बिद्यार्थी अध्ययन गरिरहेका छन्। विद्यालयलाई सधैं यसरी नै सहयोग गर्दै जाने राउण्ड टेबुल नेपाल ५ का अध्यक्ष आनन्द वाईतिले जानकारी गराएका थिए।

अहिले सम्म यो विद्यालयमा राउण्ड टेबुलले १५ वर्षदेखि सञ्चालन गर्दै आएको र लगभग ५० लाख सम्म खर्च गरेको विराटनगर राउण्ड टेबुल ५ काअध्यक्ष टेबलर ऋषभ दाहालले जानकारी दिए।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, वडा अध्यक्ष रामचन्द्र मण्डल, राउण्ड टेवल नेपालका पदाधिकारी तथा सदस्य, रोटरी क्लबका पदाधिकारी तथा सदस्य, जग्गादाता कमलेश अग्रवाल, प्रधानाध्यापक अरविन्द शाहलगायत सहभागी थिए।

 

भदौ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्