थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९० पुगेको छ।

मंगलबार ५२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार २५९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २ हजार ७२२ पीसीआर तथा २ हजार ८९७ एन्टिजेन परीक्षण भएको छ।

साउन ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्