एलए कलेजमा बीएचएमका केके छन् विशेषता? (भिडियो)

सन् २०१० मा काठमाडौँ विश्वविद्यालय ‘केयु’सँगको सम्बन्धनमा ‘ब्याचलर इन हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट’ प्रोग्राम सञ्चालनमा ल्याएको लिटिल एन्जल्स (एलए)ले पछिल्लो समय यसलाई परिमार्जन गर्दै ‘ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’को रुपमा यो कार्यक्रमलाई रुपान्तरण गरेको छ।

पछिल्लो समय यस विषयको सम्भावना के–कस्तो छ र एलएमा यस विषयमा कस्तो पढाइ हुन्छ त ? यसै सन्दर्भमा रहेर हामीले एलएकी एसोसियट एकेडेमिक डिरेक्टर स्मृति कला पन्तसँग कुराकानी गरेका छौँः

१) लिटिल एन्जल्स ‘एलए’मा ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) सुरु भएको कति भयो? यो सुरु गर्ने कन्सेप्ट कसरी आयो?

– लिटिल एन्जल्स एजुकेशन ग्रुपका फाउण्डरहरुको भिजन नै अन्तर्राष्ट्रिय स्तरको अध्ययन गर्ने अवसरहरु नेपालमै सिर्जना गर्ने हो। त्यसमा पनि जुन क्षेत्रहरुको आर्थिक समृद्धिमा धेरै सम्भावनाहरु छन्, उद्यमशीलताका सम्भावना भएका क्षेत्रहरुमा चाहिने जनशक्ति उत्पादन गर्नलाई एउटा शैक्षिक संस्थाको हिसाबले योगदान पुर्‍याउने भिजनअनुसार नै हामीले यो सन् २०१० मा काठमाडौँ विश्वविद्यालय (केयु)सँगको एफिलियसनमा ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट प्रोग्राम सञ्चालमा ल्याएका हौँ।

हामीले त्यतिबेला सञ्चालनमा ल्याउँदा प्रायजसो देशहरुमा ‘ब्याचलर इन हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट’ भनेर प्रोग्रामहरु सञ्चालन भएको सन्दर्भमा यो प्रोग्रामको पनि नामाकरण ब्याचलर इन हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट भनेर भयो।

आउँदै जाँदाखेरि यो क्षेत्रमा भएका परिवर्तनहरुलाई समेट्दै समयसापेक्ष शैक्षिक अवसर प्रदान गर्नलाई, सिकाइका अवसरहरु प्रदान गर्नलाई करिकुलममा रिभिजिट गर्दै तीन वर्ष अगाडि हाम्रो ब्याचलर इन हस्प्टिालिटी म्यानेजमेन्टको रुपमा यो कार्यक्रमलाई रुपान्तरण गरेर अहिले हामीले बीएचएम सञ्चालनमा ल्याइरहेका छौँ।

२) यो कति वर्षको कोर्स हो? कुन सिफ्टमा क्लास हुन्छ?

– बीएचएम ४ वर्षको कोर्स हो, जसमा ८ वटा सेमेस्टर हुन्छ। यसमा पहिलो तीन वटा सेमेस्टरमा विद्यार्थीहरुले हस्पिटालिटी सेक्टरको मेजर इनडस्ट्री, होटलको ४ वटै डिर्पाटमेन्टमा चाहिने ज्ञान, स्किल्स,अनुभवहरु लिन्छन्। अनि त्यसपछिको बाँकी तीन वटा सेमेस्टरमा उनीहरुले म्यानेजेबल लेभलमा चाहिने स्किलसहरु, बिजनेश, उद्यमबारे सिक्छन्।

अनि अन्तिमको एकवर्ष उनीहरु इनटर्नसीपमा जान्छन्। यो प्रोग्रामको एउटा नेचर र आवश्यकता नै के छ भन्दा इन्डस्ट्रीसँगको एकदमै नजिकको सहकार्य जरुरी छ र विद्यार्थीलेचाहिँ गरेर सिक्ने अवसरहरु प्रदान हुनु जरुरी छ।

हामीले यो कार्यक्रममा क्लासरुम लर्निङलाई रियल वर्ल्ड लर्निङसँग ब्लेन्ड गराएर करिकुलम इमप्लिमेन्ट गरिरहेको छौँ। क्लासरुम लर्निङ बिहानको सिफ्टमा हुन्छ, ७ देखि साढे ११ सम्म क्लासरुम लर्निङ हुन्छ। त्यसपछि विद्यार्थीहरुको प्राक्टिकलहरु हुन्छ।

हाम्रो माथि ल्याब छ, रेष्टुरेन्टहरु छ, त्यहाँ उहाँहरुले प्राकटिकलहरु गर्नुहुन्छ। अर्को उहाँहरुको सिकाइ चाहिँ डाइरेक्ट इनस्ट्रीमा गएर हुन्छ, जहाँ उनीहरु पढ्दै नै पनि पार्टटाइम प्लेसमेन्ट भएर होस्, चाहे इन्टेन्सिभ ट्रेनिङ पिरियडहरुमा उहाँहरु हाम्रै हस्पिटालिटी, इन्डस्ट्री या जोसँग हामी सहकार्य गरेर अगाडि बढिरहेका छौँ, त्यो क्षेत्रमा उहाँहरुको प्लेसमेन्ट हुन्छ।

एउटा सिकाई क्लास रुमभित्र हुने भयो, जहाँ हामीले इन्डस्ट्रीको अनुभवप्राप्त फ्याकल्टिजहरुलाई ल्याएर गराउँछौँ भने अर्को सिकाइ उहाँहरुको इन्डस्ट्री नै गएर हुने भयो।

यो दुई वटा सिकाइको समिश्रण छ यो कार्यक्रममा। त्यही भएर यसमा चाहिँ पढ्दै कमाउने अवसर पनि एकदमै प्रर्याप्त छ।

३) यहाँ भर्ना हुनको लागि चाहिने मापदण्ड के–के हुन्?

– खासमा यो एकदमै जीवन उपयोगी शिक्षा हो, व्यवहारिक शिक्षा हो। त्यही भएर हामीले जीपीएलाई मात्र आधार लिँदैनौँ। यो चाहिँ सर्भिस सेक्टर हो। त्यसैले यसमा व्यवहार एकदमै धेरै म्याटर गर्छ। यो क्षेत्रमा तपाईं अरुलाई सर्भ गरेर, अरुको एक्सपिरियन्सहरु क्रिएट गरेर खुशी हुन सक्नुहुन्छ भने यो इन्डस्ट्री तपाईंको लागि हो।

तपाईं घुम्न रुचाउनु हुन्छ, नयाँ मान्छेसँग भेट्न रुचाउनु हुन्छ, अरुको लागि मोमेन्टसहरु क्रिएट गरेर त्यसबाट सन्तुष्टि लिन सक्नुहुन्छ भने त्यस्तो खालको व्यक्तित्वको लागि यो क्षेत्र उपयुक्त हुन्छ। त्यही भएर हामीले विद्यार्थीहरु छान्दाखेरि जीपीए मात्र नहेरेर, त्यो व्यक्तिमा यो क्षेत्रप्रति अरुलाई सर्भ गर्ने कल्चर, पोजेटिभ व्यवहार, पिपुल फ्रेन्डली कतिको हुनुहुन्छ यो सबै कुराहरु हेरेर लिन्छौँ। त्यही भएर यसको सेलेक्सन क्राइटेरिया पनि अलिकति डिफरेन्ट छ, केयुका अरु प्रोग्रामभन्दा।

यसमा हामीले ‘कुम्याट’ एक्जाम चाहिँ लिन्छौँ। कम्तिमा जीपीए युनिभर्सिटीको स्ट्याण्डर्डअनुसार आउट अफ ४, २ जीपीए ल्याएको ५० प्रतिशत मार्क्स ल्यायो भने पुग्छ। अनि मिनिमम डी प्लस ल्याए पुग्छ। र सेलेक्सन चाहिँ हामीले हाम्रो कलेजमै इन्ट्रान्स एक्जाम गराउँछौँ अनि त्यसपछि अन्तवार्ता हुन्छ।

मेजर क्राइटेरिया अफ सेलेक्सन चाहिँ अन्तवार्ता हुन्छ। किनभने हामीले उहाँहरुको इन्ट्रेस्ट, प्यासन कतिको छ यो क्षेत्रमा लाग्नलाई भनेर बुझ्न जरुरी हुन्छ। यो क्षेत्रमा लाग्न उहाँहरुको लागि यो क्षेत्र कतिको उपयुक्त हो भनेर बुझ्न जरुरी हुन्छ। त्यही भएर अन्तर्वार्ता, लिखित परीक्षा र जीपीए। यो तीनवटा क्राइटेरियाको आधारमा हामीले विद्यार्थीहरु लिने गरेका छौँ।

४) ‘बीएचएम’का लागि एलए नै किन? अरु कलेज पनि त छन् नि?

– एउटा मुख्य कारण करिकुलम नै भन्छु मैले। धेरैजसो कलेजहरुको कुनै प्रोग्राममा थ्योरी एकदमै धेरै छ, त्यसले गर्दा इन्ड्रस्ट्रीले खोजेको प्राक्टिकल स्किल्सहरु कम भएको पाइन्छ भने कुनै करिकुलममा प्राक्टिकल छ। तर, थ्योरीटिकल ज्ञान कम दिने खालको करिकुलम छ।

हाम्रोमा चाहिँ केयुले रिसेन्टली २–३ वर्ष एकदमै मेहेनत गरेर निकालेको करिकुलम भएको भएर थ्योरी र प्राक्टिकलको समिश्रण ब्यालेन्स गर्न खोज्या छौँ। लगभग ५०–५० गर्न खाजेका छौँ।

अर्को पक्ष भनेको सबैले ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट भने पनि धेरै जस्तो फोकस चाहिँ होटलमा मात्र गरेको पाइन्छ। हामीले चाहिँ सर्भिस इन्डस्ट्रिजमा काम गर्न सक्ने, आफ्नो क्षमता देखाएर करियर डेभलप गर्न सक्ने, हुमन रिसोर्स कसरी डेभलप गर्न सकिन्छ भनेर हामीले हाम्रो कार्यक्रममा विद्यार्थीहरुलाई ट्रेन गरिराखेका हुन्छौँ।

त्यही भएर हाम्रो विद्यार्थीहरुको हिस्ट्री हेर्ने हो भने विभिन्न क्षेत्रमा अहिले इन्गेज हुनुहुन्छ, देशभित्र र देशबाहिर। कतिपय होटलमा हुनुहुन्छ भने होटलदेखि बाहेक सेक्टरमा हुनुहुन्छ।

कतिपय हाम्रा विद्यार्थीहरुले आफ्नै इभेन्ट म्यानेजमेन्ट कम्पनी खोलेर बस्नुभएको छ, कतिपयले व्यांक्वेट, कतिले रेस्टुरेन्टहरु, कतिले जिम क्लबहरु खोलेर अगाडि बढ्नुभएको छ।

साथसाथै उहाँलाई यो क्षेत्रभित्र अरु पनि के–के सम्भावनाहरु छन् त? आफ्नो इन्ट्रेस्ट तथा प्यासनअनुसार, स्ट्रेन्थअनुसार के–के क्षेत्रमा उहाँहरु आफूलाई अगाडि बढाउन सक्नुहुन्छ, त्यो डिफरेन्ट करियर छान्न पनि उहाँहरुलाई देखाएर त्यो बाटो पनि उहाँहरुलाई उपलब्ध गराउँछौँ हामीले।

र, एउटा महत्वपूर्ण कुरा अहिलेको २१ औँ शताब्दीको हस्पिटालिटी सेक्टर नेपालमा साथसाथै संसारभरि नै खोजेको मेजर स्किल्स सेटहरु चाहिँ टेक्निकल स्किल्स मात्र हैन है। उहाँहरुले खोज्नुभएकोचाहिँ सबस्किल्स भन्छौँ हामीले।

जस्तो क्रिटिकल थिङकिङ, कम्युनिकेसन, प्रबलम सल्भिङ, पोजेटिभ एटिट्युड, यस्तो खालको कुराहरु पनि इन्ड्रस्टीले खोजिराको छ। टाइम म्यानेजमेन्ट स्किल्सहरु।

हामी चाहिँ टेक्निकल स्किल्स सँगसँगै यो सब–स्किल्समा पनि उत्तिकै फोकस गरेर विद्यार्थीहरुको ओभरअल पर्सनालिटि डेभलपमेन्टमा हामी इर्फोट लगाउँछौँ, हाम्रो इनभेस्टमेन्ट त्यसरी हुन्छ र करिकुलममा पनि त्यस्ता खालका एभिन्युजहरु इन्टेसनल्ली नै निर्माण भएको छ, लर्निङ अबजेक्टिभ्सका रुपमा।

५) अन्तर्राष्ट्रिय स्तर र हाम्रोमा तुलना गर्दा यो क्षेत्रमा कस्तो फरक पाउनु भएको छ?

– नेपाल त हस्पिटालिटी टुरिजमको सेक्टरमा काम गर्न एउटा लिभिङ ल्याबोरोटरी मान्छु मैले, पर्यटन र आतिथ्य सत्कारमा।अध्ययन अध्यापनको लागि, अनुसन्धानको लागि। हाम्रो यो परम्परागत रुपमा नै गरिआएको कुराहरु हो।

त्यही भएर हामीले यहाँ सिक्न अनि सिकाउनलाई अझै सजिलो छ। त्यो भन्दै गर्दाखेरि हाम्रो युनिभर्सिटीले अफर गर्ने करिकुलम पनि अन्तर्राष्ट्रिय कम्पिटेन्ट नै छ। जस्तो केयुको ‘बीएचएम’को करिकुलम हेर्नु भयो भने त्यो चाहिँ अन्तर्राष्ट्रियस्तरकै छ।

अमेरिकामा म जुन विश्वविद्यालय पढ्थेँ, त्यहाँ जस्तो किसिमले सेमेस्टर सिस्टम लागु गरेर सेमेस्टरको लर्निङ अब्जेक्टिभलाई आइडेन्टिफाइ गरेर, इन्डस्ट्रीसँग क्लोज रिलेसनसीपमा विद्यार्थीहरुलाई जसरी तयार पारिन्थ्यो त्यही खालको मोडल यहाँ पनि उपलब्ध छ।

त्यही भएर मलाई हाम्रो करिकुलम, हाम्रो एजुकेशन सिस्टम, विशेषगरी केयुको सिस्टम चाहिँ अन्तर्राष्ट्रिय स्तरभन्दा केही कमि छ, जस्तो मलाई लाग्दैन।

हाम्रो विद्यार्थीहरु जो क्यानाडामा पढिराछन्, अष्ट्रेलियामा मास्टर्स गरिराछन्, कतिपय इन्टरनेशनल ब्रान्डहरुमा काम गरिरहेका विद्यार्थीहरुको पनि हामीले फिडब्याक लिने गछौँ समय समयमा।

उहाँहरुको फिडब्याकअनुसार एकदमै पोजेटिभ रेसपोन्स छ, कि उहाँहरु अरु विश्वविद्यालयबाट आएको व्यक्तिहरुभन्दा कुनै हिसाबले कमी हुनुहुन्न भन्ने कुरा चाहिँ उहाँहरुबाट फिडब्याक पाइरहेका छौँ। त्यसमा जुन प्रयोगात्मक शिक्षाको कुरा छ, त्यसमा चाहिँ हाम्रो विद्यार्थीहरु अझै अगाडि छन् जस्तो लाग्छ मलाई।

स्मृति कला पन्त, एलए, एसोसियट एकेडेमिक डिरेक्टर

६) यहाँ अध्ययन गरेका विद्यार्थीहरुलाई ‘जब प्लेसमेन्ट’का लागि कस्ता–कस्ता अवसरहरु दिइन्छ?

– हाम्रो विद्यार्थीहरुलाई देशभित्र र देशबाहिर दुवैमा अवसरहरु उपलब्ध छन्। उहाँहरुको इन्टर्नसीपको लागि शतप्रतिशत प्लेसमेन्ट पोसिबिलिटी छ हाम्रो कार्यक्रममा।

उहाँहरुको रुचीअनुसार तथा प्रिफेन्सअनुसार देशभित्र गर्न चाहनुहुन्छ भने हामीले हाम्रै होटलहरुमा पनि उहाँलाई गराउन सक्छौँ। त्यसै कामका लागि छुट्टै एकजना प्रोफेसनल नै हामीसँग हुनुहुन्छ। एलए हस्पिटालिटी कर्पोरेट म्यानेजर भनेर।

देश बाहिर गर्नको लागि पनि हाम्रो विद्यार्थीहरुलाई कुनै समस्या छैन। होटलमा मात्र रुची छ भने त्यो पनि ठीकै छ। तर हैन, ट्राभल एण्ड टुरिजमको सेक्टरमा जानुहुन्छ भने पनि उहाँहरुलाई हामीले विकल्प दिने गरेको छौँ।

७) यहाँ कुन आधारमा अध्यापन गराइन्छ?

– हाम्रो विद्यार्थीहरुले जाँच दिनुपर्छ तर निरन्तर एसेसमेन्ट सिस्टम लागु भएको छ केयुमा। त्यो भनेको कस्तो हो भने उहाँहरु पढ्दै जाँदा असाइनमेन्टहरु दिइन्छ, सानो सानो टेस्टहरु हुन्छ, उहाँहरुले सिकाइराखेको कुराहरु कतिको सिक्नु भयो भनेर।

कुनै विषय १०० मार्क्सको छ भने ६० मार्क्स उहाँहरुले पढ्दै गर्दाखेरि त्यो सेमेस्टरभित्र नै उहाँहरुले त्यो गरिसक्नु भएको हुन्छ। बाँकी ४० मार्क्सको एसेसमेन्ट चाहिँ केयुले लिने बोर्ड एकजाममा बस्नुहुन्छ। यसमा प्राक्टिकल विषयहरु भएको भएर हामीले प्राक्टिकल विषयको चाहिँ ४० प्रतिशत प्राक्टिकलबाट नै उहाँहरुको जाँच लिइन्छ भने २० प्रतिशत मार्क्स चाहिँ थ्योरी पोर्सनबाट सोधिन्छ।

अनि बाँकी रहेको ४० प्रतिशत चाहिँ फाइनल एक्जामबाट उहाँहरुलाई सोधिन्छ। र एसेसमेन्टहरु हाम्रोमा प्रोजेक्ट बेसिसमा हुन्छ। जस्तो भर्खरै गएको सेमेस्टरमा हाम्रो विद्यार्थीहरुले विभिन्न पर्यटकिय क्षेत्रमा गएर त्यहाँको पर्यटनसम्बन्धी व्यवसायहरुसम्बन्धी भ्लगहरु बनाउनु भयो।

 

कतिपयले इन्डस्ट्रीकै लिर्डसहरुसँग गएर अन्तर्वार्ता लिएर रिर्पोट तयार पार्नु भयो। इन्डस्ट्रीमा के–के इस्यूहरु छन्, कसरी करियरहरु डेभलप गर्न सकिन्छ भन्नेबारेमा।

यो उहाँहरुको असाइनमेन्टको दायरा चाहिँ फराकिलो हुन्छ। यो सबैको उद्देश्य भनेको हाम्रो विद्यार्थीहरुको सिकाइ रियल वर्ल्डसँग नजिक होस्, उहाँहरुले यहाँ क्लास रुममा गर्ने सिकाइ र साँच्चिकै यो इन्डस्ट्रीमा हुने अवस्था कस्तो छ भनेर उहाँहरुले रिलेट गर्न सक्नुहोस्।

हाम्रो प्रायजसोः असाइनमेन्टहरु विद्यार्थीहलाई इन्डस्ट्रीमै पठाउने, फिल्ड भिजिट लाने, अनि त्यसपछि इन्डस्ट्रीको मान्छेहरुसँग क्लोजली काम गर्न लगाउने, त्यस्तो खालको हुन्छ।

८) पुरुषले मात्र यो विषय पढ्नुपर्छ भन्ने मानसिकता अहिले केही हदसम्म परिवर्तन भएको हो? यहाँ महिलाको उपस्थिति कस्तो छ?

– पहिलाको बुझाइ अलि साँघुरो थियो, यो फिल्डको स्कोपसम्बन्धी। होटलमा काम गर्ने मान्छेलाई अलिकति अलग तरिकाले हेरिन्थ्यो भनौँ न। तर, अहिले समय परिवर्तन भएको छ। हाम्रो जनमानसले पनि होटलभित्र त थुप्रै भूमिकाहरु हुँदो रैछन्, खाली पकाउने र सर्भ गर्ने मात्र हैन है।त्यहाँभित्र म्यानेजर हुन्छ, त्यहाँभित्र सेल्स एण्ड मार्केटिङको मान्छे हुन्छ, त्यहाँभित्र डिरेक्टरहरु हुन्छ, इन्जिनियरहरु तथा अकाउन्टेन्टहरु हुन्छन्, रुम डिभिजनको मान्छे हुन्छ। होटल भनेको २–३ वटा भूमिका मात्र हैन, यहाँ फरक फरक भूमिका भएका मान्छे हुन्छन् भन्ने कुरा बुझ्दै आउनुभएको छ।

पछिल्लो समयमा आएर यसको दायरा फराकिलो भएको छ। अझ महिलाहरुको लागि त विशेषगरी यो क्षेत्रमा आकर्षण बढ्दो छ।

९) यो विषयमा नेपालमै यति राम्रो पढाइ हुँदाहुँदै पनि विद्यार्थीहरु विदेश गएर पढ्ने ट्रेन्ड पनि बढ्दो छ नि?

– पहिलो कुरा त विद्यार्थीहरुले के बुझ्न जरुरी छ भन्दा आफूले कति खर्च गरेर कति रिटर्न पाइन्छ? मैले मसँग कन्ट्याकमा आउने विद्यार्थीहरुलाई के कुरा भन्ने गरेको छु भने– तपाईंहरुले जति लगानी विदेशमा गएर गर्नुहुन्छ, भोलि विदेशमा गएर अन्डरग्र्याजुएट गर्दाखेरि पनि त्यही कामको लागि अप्लाइ गर्ने हो। यहाँ बसेर बीएचएम पढ्नु भयो भने पनि त्यही जबको लागि अप्लाइ गर्नुपर्ने हो।

विदेशमा गएर काम गर्दै पढ्न सजिलो छैन नि। कि त चार वर्षसम्म नै परिवारले पैसा सपोर्ट गर्न सक्नुपर्‍यो। कम्तिमा २५–३० लाखजस्तो सपोर्ट गर्नु पर्‍यो। यहाँ तपाईं बढीमा १०–१२ लाखमा चार वर्षको पढाइ सक्नुहुन्छ। खाँदै पढ्दै गर्दाखेरि परिवारसँग बसेर पढ्न पाउनुहुन्छ। अनि पढ्दै काम गर्दा त्यो पैसा त्यही चार वर्षमा उठाइसक्नु भएको हुन्छ।

अनि, साइडमा तपाईंले आफ्नो क्षमता पनि वृद्धि गरिराख्नु भएको हुन्छ। सर्ट टर्म स्किल्स अनि ट्रेनिङहरु लिएर आफ्नो स्किल्सहरु डेभलप गर्न सक्नुभएको हुन्छ। वर्क एक्सपेरियन्स, आफूले भनेको जस्तो भूमिकामा आफ्नो अनुभव लिन पाउनुभएको हुन्छ।

तर, बाहिर भयो भने त तपाईंले सर्भाइभ हुनको लागि जे काम पाइन्छ, जति घन्टा काम गर्नुपर्छ, त्यति घण्टा काम गरेर अगाडि बढ्नुपर्ने हुन्छ। म बाहिर नै पढेर आएको हिसाबले मैले पनि देख्थेँ, विद्यार्थीहरु। संघर्ष गर्नुभएको हुन्छ। चार वर्षको कोर्स ६ वर्ष लाउनुपरेको हुन्छ। फिल्ड चेन्ज गर्नुपरेको हुन्छ, कतिपय विद्यार्थीले बीचमै पढाइ छोडदिनुभएको हुन्छ। भिजाको इस्यूजहरुलगायत धेरै समस्या देखेको छु।

यहाँ यति सजिलैसँग तपाईंले त्यही लेभलको डिग्री अन्तर्राष्ट्रिय स्तरको, आफ्नो परिवारसँग बसेर कम लागतमा पढ्न पाउने अवसरलाई छोडेर तपाईं एकदमै स्ट्रगलको लाइफ छान्नु हुन्छ भने त त्यो अलिकिति सोचनीय विषय नै छ।

विद्यार्थीहरुलाई के लाग्छ भन्दाखेरि विदेशको लाइफ एकदमै सजिलो छ, एकचोटि गएपछि चाहिँ ढुक्क छ जिन्दगीलाई भन्ने खालको गलत बुझाइ छ। उता हुने दुःख उताको मान्छेले यता कम्युनिकेट गर्नु हुन्न। र मोजमस्ती गरेकै फोटोहरु आउँछ सोसल मिडियामा। त्यतिगर्दाखेरि विदेशको लाइफको र विदेशको पढाईको गलत एक्सपेक्टेसन पनि डेभलप भाएको छ विद्यार्थीहरुमा।

अब अलिकिति हामीले पनि चेतना ल्याउनुपर्ने जरुरी छ। विदेशमा पनि जहाँ हाम्रो नेपाली विद्यार्थीहरु जानुहुन्छ, कतिपय राम्रो विश्वविद्यालयमा जानुभएको छ। तर, कतिपय चाहिँ ट्युसन सेन्टरजस्तो विश्वविद्यालयमा जानुभएको छ। त्यही भएर विद्यार्थीहरुले अलिकति होमवर्क गरेर आफू कुन विश्वविद्यालयमा गइरहेको छु, त्यहाँ पढेर कति खर्च लाग्छ, पढेर के फाइदा हुन्छ, कहाँ जब प्लेसमेन्टहरु पाइन्छ, कस्तो खालको क्षमता विकास गर्न पाइने रैछ, र यहाँ चाहिँ के–के अप्सनहरु छ त नेपालभित्र, त्यो दुवै कुराको तुलना गरेर निर्णय गर्नुभयो भने भविष्यमा पछुताउनु पर्ने सम्भावना कम हुन्छ।

के भन्छन् ‘एलए’का प्रिन्सिपल मित्रबन्धु पौडेल?


लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट काठमाडौँ विश्वविद्यालयको सम्बन्धनप्राप्त कलेज हो। १९९९ देखि यहाँ व्यवस्थापनमा बीबीए प्रोग्राम चलाउँदै आएका छौँ। २००४ बाट बीबीआइएस प्रोग्राम र २०१० बाट हस्पिटालिटी म्यानेजमेन्टको कोर्स चलाउँदै आएका छौँ। र, यी तीनवटै प्रोग्रामहरु काठमाडौँ विश्वविद्यालयको सम्बन्धन प्राप्त हुन्। काठमाडौँ विश्वविद्यालयको अहिले जम्माजम्मी ७ वटा स्कुलहरु र २०० प्रोग्रामहरु छन्।

त्यसमध्ये केयुको स्कुल अफ म्यानेजमेन्टअन्तर्गत हाम्रो यो लिटिल एन्जल्स स्कुल अफ म्यानेजमेन्ट छ। लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टको कुरा गर्नु पर्दाखेरि हाम्रो बीबीए प्रोग्रामको एउटा नेचरको बारेमा, टिचिङ–लर्निङको बारेमा भन्नु वाञ्छनीय हुन्छ।

यसमा रेगुलर टिचिङ, लर्निङको अलावा धेरै इभेन्टहरुमा सेमिनार, वर्कसप, इत्यादिमा हामीले धेरै जोड दिन्छौँ। जस्तो, हामीले यो कोभिडभन्दा अलिकति अगाडी ‘टेड टक्स’प्रोग्राम चलायौँ, जुन अत्यन्त सफल भयो। हामीले एलए कप भन्ने एक्स्ट्रा करिकुलर एक्टिभिटिजअन्तर्गत उपत्यकाभरिका कलेजहरुलाई इन्भाइट गरेर हामीले हाम्रो स्टुडेन्ट काउन्सिलको माध्यमबाट प्रोग्राम हुन्छ। डिफरेन्ट इभेन्टहरु सप्ताहव्यापी सुरु गछौँ।

मित्रबन्धु पौडेल, प्रिन्सिपल,एलए

इन्टरब्याच कम्पिटिसन हुन्छ हाम्रो ‘एल आई बीसी’ भन्ने। त्यस्तै अरु कलेजहरुमा नहुने कोर इन्ट्रियाक्टिभ ग्रुप एउटा क्लब छ। त्यो क्लबमा हरेक हप्ता अथवा टपिकल इस्यूजमा डिस्कसनहरु हुन्छ।

त्यस्तै, अब हाम्रो मेगा इभेन्ट पनि आउँदैछ सेप्टेम्बर ३ मा। हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्टका विद्यार्थीले सुरु गर्दैछन्। त्योबाहेक हाम्रै विद्यार्थीले हरेक सेमेस्टरमा एउटा लाइफ स्टाइल र बिजनेशको म्यागजेन, त्यो धेरै वर्ष भयो। त्यो क्यारी गरिराख्या छ। प्यानडेमिकमा पनि उनीहरुले गरे।

त्यस्तै, हाम्रो अर्को ‘वान डे इन्टरप्रेनर’भन्ने प्रोग्राम छ। एकदिन मात्रै भए पनि तपाई इन्टरप्रेनर हुने, त्यो सबै विद्यार्थीहरुले अर्गनाइज गर्छन्। र, त्यसबाहेक अर्को हाम्रो के छ भने तीन वर्ष भयो हामीले ‘एलएसीएम’ स्टार्ट गरेको। ‘एलएसीएम विजनेश क्लिनिक’। यसको मुख्य उदेश्य हात्तिवन वरिपरि रहेका माइक्रो एसेमिजहरुको समस्या पहिचान गरेर उहाँहरुलाई के हामीले सहयोग गर्न सक्छौँ त? ब्रान्डिङमा सहयोग गर्न सक्छौँ, मार्केटिटङमा सहयोग गर्न सक्छौँ, उहाँहरुको रजिस्ट्रेसनमा सहयोग गर्न सक्छौँ। त्यो अभियान पनि हामीले सुरु गरिसकेका छौँ।

कतिपय विद्यार्थीहरुकै पनि हामीले आइडेन्टिफाइ गरेका करिब २५–३० जना विद्यार्थीहरुका आफ्नै स्टार्टअप छ। त्यो स्टार्टअपलाई पनि त्यसका समस्याहरु पहिचान गरिकन अगाडि कसरी बढ्ने त्यो कन्सल्टेसन पनि हामीले गराउँछौँ। कन्सल्टेन्सीको रुपममा त्यो परामर्श पनि हामीले दिन्छौँ। विद्यार्थीहरुलाई पनि हात्तिवनको वरिपरिको माइक्रो एसेमिजहरुलाई पनि त्यो सुविधाहरु दिन्छौँ। यसरी नै हामीले यो प्रोग्रामहरु चलाएका छौँ। हामीले यो ४ वर्षको कोर्स हो।

त्यो ४ वर्षको कोर्समा ८ वटा सेमेस्टरमा हामी लान्छौँ विद्यार्थीहरुलाई। अनि लास्ट सेमेस्टरका विद्यार्थीहरु बीबीए, बीबीआईएसको उनीहरु रिसर्च पनि गर्छन्, इन्टर्नसीप गर्छन्।

बीएचएमका विद्यार्थीहरु अब्रोड इन्टर्नसीप गर्छन्। अहिले हाम्रो विद्यार्थीहरु फाइभ स्टार होटलमा बाहिर काम गरिराख्या छन्। एक वर्षसम्मको इन्टर्नसीप पनि उनीहरुको हुन्छ। त्योबाहेक हाम्रो एलए ग्रुपको एलए एजुकेशन नेटवर्कको प्लेसमेन्टको सन्दर्भमा स्पेशली बीएचएमको ग्र्याजुएटहरुको लागि अवसर के छ भने हाम्रो भ्यालीबाहिर पनि प्रपर्टीहरु छ, हस्पिटालिटी एण्ड टुरिजम सेक्टरमा।

चितवनमै हाम्रो प्रपर्टीहरु छ, होटलहरु छ, धुलिखेलमा पनि होटल छ। विद्यार्थीहरुले अध्ययन सकेर पनि रोजगारीको लागि उनीहरु यदी इच्छुक भए भने त्यसको पनि सुनिश्चित हामी गराउँछौँ। अहिले तत्काल सिद्धार्थ ग्रुपसँग पनि एक किसिमको साझेदारी भएको छ। त्यसमा पनि हामीले हाम्रा विद्यार्थीहरुलाई त्यसमा सहभागी गराउन सक्छौँ। एउटा गुड नेटवर्क छ।

यो तीवटै प्रोग्राम काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा भएको हुनाले र क्वालिटी एजुकेशन र टाइममा यो क्लास सुरु गर्ने र टाइमै एउटा निश्चित क्यालेनडरभित्र एक्जाम गराउने र ग्र्याजुएट गराउने, यो बढी प्राक्टिकल्ली पनि र बढी इमप्लिमेन्ट गर्ने भएको हुनाले यसप्रति विद्यार्थीहरुको अभिरुची र विश्वसनीयता भएको छ।

के भन्छन् एलएका कर्पोरेट हस्पिटालिटी म्यानेजर मन्दिप दाहाल?

मन्दिप दाहाल, कोर्पोरेट हस्पिटालिटि म्यानेजर,एलए

एलएको सबैभन्दा राम्रो पक्ष भनेको हामी इन्डस्ट्री र होटल स्कुलको केही पनि ग्याप छोड्दैनौँ। हाम्रो आफ्नै केही होटल प्रपर्टी भएको भएर।

जस्तै, जे इन्डस्ट्रीले डिमान्ड गरेको छ, त्यही चिजलाई मात्र हामीले प्राइम फोकस गराउने गरेको छौँ। र, त्यसलाई ट्रेनिङको हिसाबले कुन रुपमा ढाल्न सकिन्छ, जस्तै– कुनैको सर्ट टर्म ट्रेनिङ रिक्वायरमेन्ट छ, जस्तै एक दुई दिनको मात्र ट्रेनिङ छ भने त्यही अनुसार हामी आफ्नै होटलमा पनि गराउँछौँ।

प्लेसमेन्टको बेलामा हामीले नेपाल बाहिर पनि पठाउँछौँ। यहाँ पनि सर्ट टर्म ट्रेनिङहरु एक–दुई दिनको लागि चाहिँ डिफरेन्ट ब्रान्ड जस्तै, सोल्टीसँग हामीले डिफरेन्ट लेभलमा आफ्नो एउटा अप्रोच गरेर त्यही लेभलको ट्रेनिङहरु डिजाइन गरेका छौँ।

त्यसले गर्दाखेरि हाम्रो विद्यार्थीहरुले जति यहाँनिर काम गर्छ, जति यहाँ देखेको हुन्छ त्यही कुरा चाहिँ इन्डस्ट्रीमा पनि डाइरेक्टिली रिलेटेड भएर काम गर्ने गर्छ।

साउन ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्