मोटरबाट तार जोड्ने क्रममा करेन्ट लागेर एककाे मृत्यु

वीरगञ्ज- बाराको महागढीमाई नगरपालिका २ मा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ।

करेन्ट लागेर सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ३५ वर्षीय सुरेन्द्र प्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान वडा नम्बर २ मा रहेको खेतमा पानी हाल्न मोटरमा तार जोड्ने क्रममा यादवको करेन्ट लागेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको उनले बताए।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्