आदिवासी जनजाति पत्रकार महासंघद्वारा वीरगञ्जमा रक्तदान

वीरगञ्ज – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

रक्त सञ्चार केन्द्र वीरगञ्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा महिलासहित ११ जनाले रक्तदान गरेको फोनिज पर्साका अध्यक्ष अजित भुजेलले जानकारी दिए।

कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले रक्तदातालाई रगत संकलन गर्ने ब्याग दिएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक स्व.सत्यनारायणबहादुर श्रेष्ठको तस्बिरमा माल्यार्पणसमेत गरिएको थियो।

गर्मी मौसममा रगत कमी हुन नदिने उद्देश्यसाथ फोनिजको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको फोनिज पर्साका अध्यक्ष भुजेलले बताए।

उनले शुक्रबार नै रक्षा बन्धनसमेत परेकाले अन्य कार्यक्रम आयोजना गर्न नसकिए पनि सामाजिक सेवालाई ध्यानमा राख्दै रक्तदान आयोजना गरिएको बताए।

साउन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्