यी हुन् ‘मदन पुरस्कार- २०७८’ का लागि छनाेट भएका ८ पुस्तक

काठमाडाैँ – मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७८ काे लागि ८ पुस्तक छनाेट गरेकाे छ।

यसवर्षकाे पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये बढीमा १० पुस्तक छनाेट गर्न बनेकाे समितिले ८ पुस्तक छनाेट गरेकाे मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।

उनका अनुसार छनाेट भएका ८ पुस्तकमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार-२०७८ अर्पण गरिने छ।

यी हुन् मदन पुरस्कार-२०७८ श्रेष्ठ सूचीमा छानिएका ८ पुस्तकहरू:
डा. नवराज लम्सालकाे ‘अग्नि’
डा. दामोदर पुडासैनी ‘किशोर’काे ‘ग्रीष्मको नीलो बतास’
वसन्त बस्नेतकाे ‘महाभारा’
दिपा मेवाहाङ राईकाे ‘यादको सन्दुक’
डा. नयनाथ पौडेलकाे ‘लिच्छवि लिपि’
प्रा. नीलमणि ढुङ्गानाकाे ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’
सुजित मैनालीकाे ‘सती: इतिहास र मीमांसा’
पद्मसुन्दर जोशीकाे ‘हिति प्रणाली’

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्