राप्रपाका नेता आलम एमाले प्रवेश गरेको दुर्गा प्रसाईंको दाबी, आलम भन्छन्ः गलत प्रचार गरियो

झापा – नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले झापाको कचनकवल गाउँपालिकाका पूर्वअध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अन्जार आलम नेकपा एमाले प्रवेश गरेको भनेर गलत प्रचार गरेको आलमले आरोप लगाएका छन्।

समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आलमले प्रसाईंको दाबी गलत भएको बताएका हुन्।

केही दिनअघि आलम भेट गर्न ओलीकहाँ गएका थिए। सोही तस्वीरलाई दुरुपयोग गरी प्रसाईंले भ्रम फैलाउन खोजेको आलमकाे भनाइ छ।

केही दिनअघि भेटघाटका लागि ओलीसँग गएकोमा त्यसलाई पार्टी प्रवेश भनेर अफवाह मच्चाउन खोजेको आलमले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

आलमको प्रतिक्रिया आएपछि प्रसाईंले आफू सही भएको र सही कुरा गरेको सामाजिक सञ्जालमै लेखेका छन्। सोही विषयमा अहिले सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चलिरहेको छ।

 

साउन २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्