कैलालीमा ट्याक्टर दुर्घटना चालककाे मृत्यु

सांकेतिक तस्विर

धनगढी –कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर दुर्घटना भएकाे हाे।

ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँका ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

साउन २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्