बाेटमा लटरम्मै नास्पाती फल्दा किसान हर्षित

सिमकोट – हुम्लामा नास्पाती उत्पादन बढेकाे छ। पहिलो र दोस्रो वर्ष सिमित दाना फलेको नास्पाती यसवर्ष भने लटरम्मै फलेको छ। उच्च स्थानमा पनि नास्पाती राम्रो फलेपछि किसान हर्षित भएका छन्।

नास्पाती खेती गरेका प्राविधिक समेत रहेका गगन रोकायाले यस पटक बोटमा नास्पाती लटरम्मै फलेको बताए। उनले पहिलो वर्ष १५ र दोस्रो वर्ष ५० दाना लागेकोमा यसवर्ष भने गन्नै नसकिने गरी नास्पाती बोटमा फलेको बताए। चार बोट लगाएर खेली सुरू गरेका उनले सबै बोटमा दाना राम्रो फल लागेकाेमा हर्ष व्यक्त गरेका छन्।

त्यसैगरी सिमकोट -५ का किसान जानकी रोकायाले पनि आफ्नो बोटमा नास्पातीका दाना राम्रो फलेको बताइन्। उनको बोटमा गतवर्ष पाँच दान लागेका थिए। तर उनले यसवर्ष कम्तीमा पनि हजारभन्दा बढी दाना लागेको बताइन्। बोटमा दाना राम्रो फलेपछि अहिले नै उनले आम्दानी राम्रो हुने अनुमान गर्दै खुसी व्यक्त गरिन्।

सिमकोट गाउँपालिकाका ५ र ६ पचास बोट लगाएको ३५ बोटले फल दिन सुरु गरेकोमा यो वर्ष २९ बोटले राम्रो फल दिएको किसानहरूले बताएका छन्।

नास्पाती राम्रो फल्न थालेपछि हुम्लामा पनि नास्पति खेतीको संभावना राम्रो देखिएको कृषि विकास कार्यालयले जनाएको छ।

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्