सुदूरपश्चिम प्रदेश सरकारको बजेट रातारात पारित

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि पेश गरेको बजेट लामो विवाद पछि अन्तत रातारात पारित भएको छ।

सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकै दिन बजेटमाथि छलफल भएर बुधबारै नै पारित भएको छ।

बजेट बारे बुधबार दिउसो ३ बजे बसेको प्रदेश सभाको बैठकमा सामान्य छलफल भएको थियो । छलफलपछि दोस्रो पटक राति ८ ः४५ बजे बसेको बैठकले बजेट पारित गरेको हो।

असार १ गते प्रदेश सभामा पेश भएको बजेटमा २९ दिन पछि बुधबार दिउसो मात्र छलफल भएको थियो । त्यस अघि लगातार प्रदेश सभा बैठक अबरुद्ध भईरहेको थियो।

बुधबार दिउँसोको प्रदेश सभा बैठक अघि सत्ता पक्ष र प्रतिपक्ष बिच वार्ता भएर अबरुद्ध प्रदेश सभा बैठक सुचारु गर्न सहमति भएको थियो।

असार २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्