बाजुराको बूढीगंगामा १ हजार मत गणना हुँदा एमाले ९३ मतले अगाडि

धनगढी – शुक्रबार दिउँसो १२ बजेदेखि बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म १ हजार मतगणना सकिएको बूढीगंगाको निर्वाचन अधिकृतको कार्यालयले जनएको छ।

कार्यालयका अनुसार अहिले वडा नं १ र १० को मतगणना भैरहेको छ। १ हजार मतको गणना सकिएकोमा एमालेले मेयरमा ५२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ।

मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

असार २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्