पेस्तोल देखाएर स्थानीयलाई धम्काउने दुई जना बाराबाट पक्राउ

वीरगञ्ज – कटुवा पेस्तोल देखाएर स्थानीयलाई धम्काउने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

बाराको सिम्रौनगढ नगरपालिका–१ बाट स्थानीयलाई हतियार देखाइ धम्काउने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखियालाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनाले कटुवा पेस्तोल लिएर बुधबार साँझ साढे ६ बजेको समयमा स्थानीयलाई धम्काएको खबर पाएपछि पुगेको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई हातहतियार मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको थापाले बताए।

असार २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्