बसकाे ठक्करबाट महिलाकाे मृत्यु

सांकेतिक तस्विर

धनगढी- कञ्चनपुरमा बसले ठक्कर दिँदा सडक पार गरिरहेकी एक महिलाको मृत्यु भएको छ।

आज बिहान महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ८०७५ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री वेदकोट नगरपालिका-७ की २८ वर्षीया विमला जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई सडक पार गर्दै गर्दा वेदकोट-७ स्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिएको हाे।

बस चालक भीमदत्त नगरपालिकाको वनगाउँका ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए।

 

असार ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्