डडेल्धुरा अस्पतालमा उपचाररत बालिकाकाे मृत्युपछि तनाव

फाइल तस्बिर

काठमाडाैँ- डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। अस्पतालमा उपचाररत बालिकाकाे डाक्टरकाे लापरवाहीका कारण मृत्यु भएकाे भन्दै आफन्तहरु आक्राेशित भएका छन्।

डडेल्धुराकाे भागेश्वर गाउँपालिका-५ का प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगरको मृत्यु भएको हो।

बिहीबार बिहान ५ बजे निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको हो।

बिरामी बालिकालाई अस्पताल पुर्‍याएकाे तीन घण्टासम्म डाक्टरले नहेरिदिएपछि बालिकाको मृत्यु भएको आफन्तकाे आराेप छ।

उनीहरूले बालिका बचाउन प्रमुख जिल्ला अधिकारीदेखि अस्पतालका अध्यक्षलाई समेत गुहारेको तर बचाउन नसकिएको बताए।

अस्पतालले भने बालिकालाई सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएको बताएको छ। उनलाई अस्पतालले आइसियुमा राखेको अवस्थामा ज्यान गएको अस्पतालले जनाएको छ।

बालिकाका आफन्तले अझै बालिकाको शव उठाउन मानेका छैनन्। घटनाकाे अनुसन्धान गर्नुपर्ने मृतक बालिकाका आफन्तकाे माग छ।

जेठ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्