कैलालीकाे घाेडाघाेडीबाट थुनुवा हतकडीसहित फरार

सांकेतिक तस्बिर

काठमाडाैँ- कैलालीकाे घाेडाघाेडीबाट एक थुनुवा हतकडीसहित फरार भएका छन्।

इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका-२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन्।

जेठ १८ गते सुखडको घोडाघोडी अस्पतालमा उपचार गरी फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जेठ १४ गते पाण्डेयसहित प्रकाश शाह लागुऔषधको मुद्दामा पक्राउ परेका थिए। त्यसपछि दुवैजनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो।

झाडापखालाको उपचारपछि अस्पतालबाट फर्कने बेला पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

अहिले फरार थुनुवाको खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको उनले जानकारी दिए।

जेठ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्