दुई वर्षपछि ९ हजार नेपाली कोरिया जाँदैँ

काठमाडौँ – दुई वर्षदेखी स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखी –३ असारमासम्म सञ्चालन हुने भएको छ।

स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेवाट सुचारु गर्न लागिएको हो।

२६ वैशाख २६ गते सञ्चालन हुने गरी यसअघि मिति तोकिएका भएपनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन्।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परिक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ।

कोरियन भाषा परीक्षामा उर्तिणहरू मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो।

वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दाबढीले आवेदन दिएको विभागले जनाएको छ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुईवर्षमा विश्वब्यापारी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन नसके पनि सन् २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिएपछि परीक्षा सुरु गर्न लागिएको हो।

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्