धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ।

शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष जेठ १६ गते अधिवेशन आह्वान गर्ने सिफारिस गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।

जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ।

जेठ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्