कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

धनगढी – कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
नगरपालिकाको मेयरमा नेपाली कांग्रेस कञ्चनपुरको सभापतिसमेत रहेका पदम बोगटी निर्वाचित भएका हुन्।
उनी १५ हजार ८ सय ८२ मत प्राप्त गर्दै विजयी भएको नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेशप्रसाद पन्तले ८१७९ मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरमा पनि कांग्रेसकै निलम जोशी निर्वाचित भएकी छिन्।
उनले १२ हजार २ सय १६ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत गरेका छन्।
जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्