कैलालीको गौरीगंगामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकामा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन्।

शुक्रवार सम्पन्न मतगणना अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी भए।

उपप्रमुखमा एमालेका शान्ति देवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए। गौरीगङ्गामा २६ हजार ९ सय ८५ मत खसेको थियो।

जेठ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्