धनगढीमा ४७ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल २० हजार नजिक

धनगढी- धनगढी उपमहानगरपालिकामा शुक्रबार दिउँसाे २ बजेसम्म ४७ हजार १२३ मतगणना भएको छ।

दिउँसो २ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार ६२१ मत पाएका छन्।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ७११ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ७३४ मत पाएका छन्।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ९५९ मतका साथ लिड गरिरहेकी छन्। एमालेकी कन्दकला रानाले ८ हजार २८७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार २६४ मत पाएका छन्।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ।

जेठ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्