कस्तो छ २०७९ सालमा तपाईँको राशिको भाग्यफल?

मेष
यस वर्ष ग्रहगोचर मध्यम रहने छ । वर्षभरि नवौँको मालिक गुरु बाह्रौँ स्थानमा रहने हुँदा आम्दानी भएर पनि खर्च धेरै हुने हुँदा आर्थिक कठिनाइ बढ्ने छ । दशौँमा स्वगृही शनी एकादशेश पनि बक्र भएको हुँदा आर्थिक एवं बौध्दिक मार्ग कमजोर रहनेछ ।आँटेका कामहरूमा सफलता पाउन गाह्रो हुनेछ । मेषको राहु राशिमा हुँदा धैर्यता अपनाउँदा अनुसन्धानको नयाँ कामको आरम्भ हुनेछ । अरूको विश्वास जितेर वैदेशिक व्यापारमा सफलता र कूटनीतिक कार्यमा विशेष लाभ मिल्नेछ । भाग्य कमजोर हुनाले धार्मिक र सामाजिक कार्यमा सफलता, सम्मान सोचेजस्तो मिल्ने छैन । नयाँ प्रेममा प्रवेश एवं प्रेमलाई विवाहमा परिणत गर्ने, प्रेमविहीन अविवाहितहरूलाई विवाह बन्धनमा जोडिने अवसर मिल्ने र विवाहितहरूका लागि पुत्रलाभको अवसर मिले पनि विवाहित हरुको भने पति-पत्नीबीच मतभेद हुने छ । शैक्षिक मार्गमा भने वर्षभरि नै कठिनाइ आउने छ । भाग्यभाव कम्जोर भएको यस बर्ष कर्ममा जोड दिएमात्र सफलता प्राप्ति हुने योग छ । उतारचढाव प्रशस्त आउने छ। विश्वास गरेकाले धोका दिन सक्ने हुँदा गोपनीयतामा जोड दिनुहोला। ज्येष्ठ १७ देखि कार्तिक ३ नोकरी प्राप्त हुने, भएको नोकरीमा समस्या हुने योग छ । राजनीतिमा स्थान मान गुम्न सक्ने समय हो यो। समयमा सचेत रहनु होला । बर्षारम्भमा ग्रह गोचर बलिया भएको र शनि राहु दुवै बलियो भएकोले सजग भएमा ज्येष्ठ १७ देखि कार्तिक ३ सम्मको समय बाहेक अन्य समयमाः परिणाम सकारात्मक रहनेछ । बैशाख १ देखि ज्येष्ठ ७ सम्म आँट सहास बढ्ने सोचेका कुरा पुरा हुने नयाँ काम पाउनुको साथै पुराना समस्या सुल्झाउने अवसर मिल्ने छ । ज्येष्ठ ८ देखि अषाढ १७ सम्म अनावश्यक विबाद र मुद्दा मामलामा फस्ने मनमा डर पैदा हुने भएकोले संयम हुनु होला। १८ अषाढदेखि अषाढभर आँटेसोचेको काम पूरा गर्न सक्ने योग छ । श्रावणमा घरझगडा बढ्ने सवारीसाधनले दुःख दिने योग छ। भाद्रमा लेखन मार्गमा सफलता मिल्नेछ । खेलाडीहरूका लागि वर्ष उत्कृष्ट नै भन्नुपर्दछ । सहयोगीहरू, दाजुभाइ, पिता तथा पैतृक सम्पत्तिमा सकारात्मक अवस्था नभएकोले समग्रमा त्यस्ता काममा यो वर्ष अग्रसर नहुनु उचित हुनेछ । निर्धक्क विश्वासमा अघि बढेमा धेरै कठिनाइ आउने एवं विवेकपूर्ण तरिकाले अघि बढेमा ऐतिहासिक सफलता प्राप्त गर्ने अवसर मिल्नेछ । श्रावणमा घरेलु झगडा हुनुको साथै सवारीसाधन बिग्रन सक्ने, घरजग्गा सम्बन्धी काममा अवरोध, मित्रहरूबाट धोका हुन सक्छ । मार्गमा स्वास्थमा बाधा आउने, काममा अवरोध आउने, लेनदेनमा विवाद,शरीरमा चोटपटक लाग्न सक्नेछ । चैत्रमा आर्थिक कठिनाई र झुटा आरोप आउने,मुद्दा मामला लाग्न सक्नेछ ।आषाढमा शारीरिक अवस्था मज्वुत हुनुको साथै धेरै ठूला कामहरू बन्ने एवं नयाँकामको अवसर मिल्ने योग छ । आश्विनमा शत्रुनाश हुने, आफ्नो वर्चस्व बढ्ने, फाल्गुणमा धेरै धन कमाउन सफलता मिल्नेछ । अन्य महिना मध्यम रहनेछन् । मेषको राहु बल सालि हुनेछन् । खानपान ध्यान नपुगे मुटुमा समस्या आउने र जोर्निको दुखाइ कडा हुनेछ । खान पानमा विचार पुर्‍याउनुपर्ला!

वृष
समग्रमा यस वर्षको ग्रह गोचर उत्तम रहनेछ । एकल राजयोग भएको शनिको भाग्यभावमा हुँदा भाग्यलाई चम्काउनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै सामाजिक कार्यमा अग्रसर हुँदा सफलता मिल्नेछ । कर्मेश र भाग्य शनिबाट बनेको एकल राजयोगको प्रभावले आफ्नो वर्चस्व सर्वत्र फैलाउन सकिनेछ । एकादश भावमा रहेका स्वगृह्य गुरुलाई शनिको समभाव पूर्ण दृष्टिले भाग्य कर्म धन भावलाई अति बलियो बनाएकोले धन मनग्य कमाउने अवसर मिल्नेछ । एकादश बृहस्पतिको दृष्टि प्रभाव पञ्चम सप्तम रहँदा पुत्रलाभ विद्यामा सफलता छात्रवृत्ति हासिल गर्दै देश विदेशमा उच्च शिक्षा हासिल गर्ने अवसर मिल्ने छ । कूटनीतिक कार्यमा हुनेहरुले ठूलो सफता हासिल गर्ने छन्। गुरुको षष्ठदृष्टि प्रतिकूल रहे पनि स्थान बलियो भएकाले नयाँ गृहमा प्रवेश गर्ने, नयाँ सवारी लाभ हुने बलियो सम्भावना छ । राजनीतिमा सफताको सम्भावना प्रसस्तै छ । आयेश, कर्मस्थानमा भाग्येश र कर्मेशको एकल राजयोग भने ज्येष्ठ १७ देखि कार्तिक ३ गते सम्म कम्जोर रहेपनि अन्य समयमा बलशाली रहनेछ । सहयोगी, दाजुभाइ तथा पिताका बीचका सम्वन्धमा धैर्य गरेमा सहयोग प्राप्त भई सफताको मार्गमा उभ्याउन कठिन छैन । बाह्रौँ मेषको राहुको छैटा दृष्टि र छैटा केतुको अनुकूलताले शत्रु नास हुने र आफू बलियो बन्नेयोग छ गुरुको अनुकूलता विदेशयात्रा गर्ने अवसर पाउने बलियो सम्भावना छ । व्यापारमा सफलता पाउनुको साथै प्रेममा संलग्न हुनेहरूको लागि वैबाहिक बन्धनमा बाँधिएर खुसी हुने अवसर मिल्ने छ । ज्येष्ट ८ देखि आषाढ १७ आर्थिक उन्नतिका हिसाबले यो समय निकै राम्रो रहनेछ । उच्च आर्थिक उपलब्धिमा अग्र हुनुको साथै शरीरमा उमङ्ग र मनमा उत्साह बढ्ने देखिन्छ । स्मरण रहोस्- श्रावण १२ देखि कार्तिक ३ गतेसम्म गुरु, शनिको बक्र प्रभावको समयमा माथि उल्लिखित कार्य कुराहरू निर्विवाद अघि बढ्न सक्ने छैन । त्यो ८१ दिनको समयमा त्यति शुभ नरहेकाले संयमित रहनुहोला । वैशाखमा खर्च र विवाद बढ्ने,मुद्दामामिला आउन सक्छ । आषाढमा धनमाल हराउन सक्ने, दाँत र मुखमा पीडा हुने योग छ । भाद्रमा घरेलुसमस्याले सताउने, सवारी साधनले दुःख दिनेछ । पुसमा स्वास्थ प्रतिकूल, लेनदेनमा विवाद वढ्नेछ । श्रावणमा पराक्रम वढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने योग छ । कार्तिक र चैत्रमा शत्रुनास हुने, धन मनग्य कमाउने अवसर मिल्नेछ । घर तथा सवारी साधन जोड्न राम्रो तथा फलदायी रहनेछ । अन्य महिनाहरू मध्यम रहनेछन् ।

मिथुन
वर्षारम्भमा अढैया शनिको र गुरुको केन्द्रादि दोशको प्रतिकूलताले स्वास्थमा बाधा आउने, मनमा चिन्ता बढेर काम बिग्रने योग भएपनि यसवर्ष राहु अनुकूल हुने हुँदा धनको लाभ भने प्रसस्तै हुनेछ । छोरीबुहारीको दिदिबहिनीको प्रगति उनीहरुले आफूलाई सहयोग गर्ने देखिन्छ । आँट र साहस बढ्ने, अधुरा काम पूरा गरेर अघिबढ्ने अवसर मिल्ने छ । बर्षारम्भदेखि श्रावणभर राहु र मङ्गल राम्रो रहने हुनाले महत्वपूर्ण काममा सफलता मिल्ने छ । गुरुको दृष्टि द्वितिय चतुर्थमा रहने हुँदा बोलीको प्रभावमा धेरै कामहरु अघि बढ्ने छन्। मित्रहरुले सघाउने परिवारले साथ दिने भएकोले विघ्न बाधासँग जुध्न सकिने र प्रतिस्पर्धामा सफलता हासिल गर्न सकिने छ । व्यापारमा लाभ हुनुको साथै वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ । पतिपत्नीबीचको सम्बन्धमा उल्लेखनीय सुधार आउनेछ । श्रावण १२देखि कार्तिक ३ सम्म शनि गुरुको बक्र प्रभावले राजनीतिमा लाग्नेहरूका लागि कूटनीतिक असफलताले पदच्यूत गराउन सक्छन् । व्यापारमा र वैदेशिक कार्यमा अवरोध आउनेछ । भाग्य भावको शनि अष्टम अढैया शनिको प्रभावले आर्थिक संकट बढाउनेछ । धार्मिक र सामाजिक कार्यमा झुट्टा आरोपको सामना गर्नुपर्नेछ । उच्च रक्तस्रावको साथै मुटु, मस्तिष्कमा पीडा हुने तथा हाडजोर्नीको समस्या पनि आउनेछ । नगद कारोबार गरे विवाद बढेर मुद्दामामला लाग्न सक्छ । विश्वासमा धोका हुनेछ । परिवारले साथ नदिने मित्रहरूस्वार्थमा प्रेरित भई आफूलाई फसाउन सक्रिय हुनेछन् । पति, पत्नीबीचको विवादमा संयम नभए विछोडको स्थिति आउनेछ । पिता, पुत्रबीच सम्बन्ध बिग्रनाले घरझगडा निकै बढ्नेछ । नोकरीमा झुट्टाआरोप लागेर अपठ्यारो पर्नेसक्ने, स्थनान्तरण हुने र छुट्ने योग छ। अन्य समयमा संयम भएमा राम्रो रहनेछ । वैशाखमा धन लाभ हुनुको साथै नयाँ कामको प्रस्ताव आउनेछ । भाद्रमा पराक्रम बढ्ने, रोकिएका कामहरू अघि बढ्नेछ । मार्ग महिनाशत्रु पराजय हुनेछन् । ज्येष्ठमा धननाश, शत्रुबाधा, झुट्टा अरोपलाग्न सक्नेछ । आश्विनमा घरेलु समस्याले सताउने, मित्रले धोका दिने, सवारी साधन विग्रनेछ । माघमा स्वास्थ्यमा बाधा, अर्थिकसंकट तथा लेनदेनमा विवाद आउने योगछ । अन्य महिनाहरू मध्यम छन् । राहु बलियो भएको हुँदा आर्थिक पक्ष बर्ष भरिनै बलियो हुने छ।

कर्कट
यस वर्ष ग्रहगोचर समग्रमा राम्रो रहनेछ । गुरुको अनुकूलताले बोलीको पराक्रम बढ्ने, अरूको विश्वास जितेर महत्वपूर्ण कामहरू प्राप्त गरी सफल बनाउन सकिनेछ । मानसम्मान पाउने योग छ। धार्मिक तथा सामाजिक काममा सोचेभन्दा बढी नै सफलता पाइने छ । मित्र तथा परिवारले कुरा बुझेर सहयोग गर्नेछन् । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । नयाँ मित्रको आगमन हुने, परिवारको सदस्य संख्या बृद्धि हुने सम्भावना छ । सन्तानबाट सहयोग र सद्भाव मिल्नेछ । नोकारीमा पदोन्नति र राजनीतिमा प्रगति हुने बलियो सम्भावना छ । वर्षारम्भमा मेषको राहु, अनुकूल हुनाले प्रयास गर्दा ठूलो काममा सफलता पाइने छ । अकस्मात् प्रेम हुनाले खुशी बढ्ने, मन शान्त हुनेछ । पतिपत्नीबीचको सम्बन्ध निकै राम्रो हुनेछ। व्यापारमा धेरै अपेक्षित सुधार आउनेछ । वैदेशिक कार्यमा महत्वपूर्ण सफलता हात पर्नेछ । धन भण्डारणमा शनिको वास रहेकोले धन सञ्चित हुन गाह्रो छ । शत्रु वृद्धि हुनुको साथै स्वास्थ्यमा बाधा आउनेछ । आर्थिककारोवारमा विवाद बढ्नुको साथै लेनदेनमा समेत धेरै विवाद बढ्नेछ । सहयोगीहरूबाट सहयोग पर्याप्त हुने, दाजुभाइबीच सुमधुर सम्वन्ध सहकार्य हुने, पारिवारिक सौहाद्रता बढ्ने सम्भावना रहन्छ । माघ २८ गते देखि शनिको प्रतिकूलताले दाँतमा पीडा र उच्च उच्चरक्त बढ्नाले मुटुमस्तिष्कमा समस्या हुन सक्छ । विपरीत लिङ्गीबाट झुट्टाआरोप लगाउने प्रयत्न हुन सक्ने हुँदा सचेत रहनु राम्रो । महत्वपूर्ण काम र निर्णय गर्दा सचेत रहनु उचित होला । ज्येष्ठ,आश्विन, कार्तिक र फाल्गुण पराक्रम बढ्ने, रोकिएको काम बन्ने, नयाँकाम पाउने, नोकरीमा सफलता मिल्ने योग । धन मनग्य कमाउने अवसर मिल्नेछ । श्रावण, मार्ग तथा चैत्र झुट्टा आरोप लाग्ने, स्वास्थमा अवरोध आउने, लेनदेनमा विवाद आउने, परिवारको असहयोग र मित्रको धोकाले मन अशान्त हुनेछ । अन्य महिना मध्यम रहनेछन् ।

सिंह
यस वर्ष ग्रहले पूर्ण साथ दिनेछैन । आँटेका काममा सफलता सजिलै मिल्नेछैन । बौद्धिक कार्य र पढाइमा सफलता मिल्न गाह्रो छ । लेखन कार्यमा ह्रास आउनेछ । साहित्य, कला, गीत, सङ्गीतमा हुनेहरूका लागि यो बर्ष राम्रो रहनेछैन । शैक्षिक उन्नतिमा कठिनाइ आउने छ । व्यावसायिक यात्रामा अवरोध आउने सम्भावना छ । विदेशिएर मित्रहरूले असहयोग र अलोचना गर्नेछन् । आयात निर्यातमा लाग्नेहरूका लागि बर्ष प्रतिकूल रहनेछ। कूटनीतिक कार्यमा लग्नेहरूका ठूलो असफता व्यहोर्न पर्नेछ । बर्षको आरम्भमा आम्दानीको सकारात्मक रहे पनि आर्थिक संकट अनियन्त्रित हुने छ । मित्रता प्रेमको रङ्ग बदलिएर दुश्मनितिर लम्कने समय छ । पतिपत्नीबीच भइरहेको सुमधुर सम्बन्ध बिग्रनाले मनमा चिन्ता हुनेछ । नोकरीमा संकट आउनाको साथै अप्ठ्यारो स्थानमा स्थानान्तरण हुने बलियो सम्भावना छ । राजनीतिमा अनावश्यक विवाद बढेर दुःख पाउने योग छ । मनमा उदासीनता र शरीरमा आलस्यता बढ्ने, र नयाँ कामको अवरोध आउन सक्छ । सन्तानसँग मतभेद हुने बलियो सम्भावना छ । भाग्य भावमा मेष राहु षष्ठ भावमा शनि रहेकोले शत्रु नास हुने र भाग्य बलियो हुने भएकोले सामाजिक क्षेत्रमा सम्मान मिल्नुको साथै धार्मिक कार्यको रुचिको साथै तीर्थयात्राको पनि सम्भावना छ । श्रावण १२ गतेदेखि कार्तिक ३ गतेसम्म बृहस्पति र शनि बक्र हुने हुँदा बौद्धिक कार्यमा, शैक्षिक कार्यमा अवरोध आउने चिन्ता बढ्ने योग छ. । शनि राहुको अनुकूलताले शत्रुमाथि विजय पाउने र सामाजिक, काममा सुधार आउने, बलियो सम्भावना भएकोले त्यतैतिर जोड दिनु उचित होला । आर्थिक कारोबार गर्दा विबाद हुन सक्ने छ । यस बर्ष गोपनीयतामा जोड दिनु र सजग हुनु राम्रो। आषाढ, कार्तिक, माघमा काममा सफलता, शत्रु नास र धनलाभ हुने योग छ ।श्रावण, अश्विन, मार्ग, चैत्रमा काम र स्वास्थ्यमा बाधा, धन नाश, शत्रु बढ्ने, चिन्ता बढ्नेछ । अन्य महिना मध्यम रहनेछन्।

कन्या
वर्षारम्भमा चतुर्थेश र सप्तमेश गुरु सप्तम स्थानमा केन्द्रादि दोषसहित रहे पनि गुरुको राशिमा एकादश स्थानमा र तृतियभा रहने पुर्ण दृष्टि सकारात्मक रहने हुँदा धैर्य र प्रयत्न गर्दा धेरै काममा सफलता मिल्ने छ । शनि र बृहस्पति दुवै अनुकूल भएकोले मनमा उत्साह एवं शरीरमा स्फूर्ति बढ्नेछ । रोकिएका कामहरू बन्नेछन् । नयाँ र आयमूलक कामहरू हात पर्नेछन् । सहयोगी र दाजुभाइहरूको सोचमा परिवर्तन आउनेछ । पढाइमा अपेक्षित सुधर आउनेछ । नोकरीमा आएको अवरोध हटेर जानेछ । राजनीतिमा सफलता मिल्नेछ । साहित्य तथा लेखन मार्गमा ऐतिहासिक सफलता मिल्ने छ । व्यापारमा सफलता मिल्नुको साथै कूटनीतिमा विशेष लाभ मिल्ने योग छ । छात्र बृद्घि सहितको शैक्षिक यात्रा महत्वपूर्ण स्थान मान प्राप्त हुनेछ । श्रावण १२ देखि कार्तिक ३ सम्म शनि गुरु बक्र हुने र अष्टम राहु प्रतिकूल भई बसेकोले स्वास्थ्य समस्या निकै बढ्नेछ । मित्र तथा परिवारहरूको असहयोगले दैनिकीमा अप्ठ्याराहरू प्रसस्तै आउनेछन् । बाहनले पटकपटक धोका दिनेछ । शत्रुसँग मिलेर परिवार र मित्रले फसाउने प्रयत्न गर्नेछन् । स्वास्थमा अनेक पीडा र विशेषतः पेटमा समस्या आउनेछ । विनाकारणको विवादले सामाजिक कार्यमा भएको प्रतिष्ठा धुमलिने सम्भावना छ । कामको बीचमा अवरोध आउने, सहयोगीहरूबाट धोका हुने, दाजुभाइहरूले सहयोग नगर्ने हुँदा सानो कामलाई पनि धेरै प्रयत्न गर्नुपर्नेछ । परिवारिक समस्या र मित्रहरूको सहयोगमा व्यस्त हुँदा पढाइमा बाधा आउने, बौद्धिक कार्यमा बाधा आउनाले मन भरङ्ग हुनेछ । सन्तानसँग विमति, लेखनमार्गमा बाधा आउनेछ, शत्रु सक्रिय हुनेछन् । प्रेममा खटपट आउने, पतिपत्नीबीच बढ्ने विमतिले निकै दुःखी बनाउनेछ । व्यापार र वैदेशिक कार्यमा अवरोध आउने योग छ । आषाढ,श्रावण, मार्ग, फाल्गुनमा जोश र जाँगर बढ्ने, रोकिएका कामहरू बन्ने, नयाँ कामको अवसर पाउने, मानसम्मान पाउने, धन लाभ हुने योग छन् । वैशाख, भाद्र, पौषमा खर्च बढ्ने, विबाद बढ्ने, पारिवारिक समस्याले सताउने, स्वास्थमा बाधा आउने र अन्य महिना मध्यम रहनेछन्।

तुला
समग्रमा तुला राशिलाई यो वर्ष प्रतिकूल रहनेछ । अढैया शनि र सप्तम राहुको प्रभावले घरेलुसमस्या आइरहेनछ । परिवारको असहयोग र मित्रहरूको धोकाले मन अशान्त रहनेछ । शत्रु प्रसस्त मात्रामा बढ्ने छन्। लेनदेनमा विवाद बढ्नेछ । सवारीसाधानले धोका दिनेछ । मिर्गौैला रोगले सताउन सक्छ । हाडजोर्नी र नसाको समस्या आउन सक्नेछ । मनमा उदासीनता र शरीरमा  आलस्यता धेरै बढ्नेछ । दाजुभाइ र सहयोगीहरुबाट धोका हुने छ । विवाहितहरुलाई तेश्रो व्यक्तिका उपस्थितिले पति पत्नीबीच बिवाद बढाउन सक्ने हुँदा संयम हुनु पर्ला । प्रेमको विछोडले मन अनियन्त्रित हुने छ । ज्येष्ठ १७ देखि कार्तिक ३ गतेसम्म चतुर्थ बक्र शनिको प्रभावका कारण घरेलु समस्या बढ्ने सवारी साधनले दुःख दिने हुँदा धेरै अप्ठ्यारोमा पर्न सक्ने भएकोले संयम रहनु होला । वर्षारम्भदेखि वर्षभरी तृतीयस बृहस्पतिको बसाइ षष्ठ भावमा रहेकोले शत्रुले अतिमहत्वपूर्ण काममा अवरोध सिर्जना गर्नेछन्। कडा प्रतिस्पर्धाले मात्र सफलता प्राप्त हुनेछ । दशम भावमा र द्वितीयभावमा गुरुको दृष्ठि रहने हुँदा समाजमा तपाईँ र तपाईका शब्दले अरूको मन सजिलै जित्न सकिनेछ । राजनीतिमा लाग्नेहरूका लागि यो वर्ष अनुकूल नै मान्न सकिन्छ । विद्यार्थीहरूले अध्ययनका लागि स्वदेश तथा विदेशमा प्रस्थान गर्दा संकटको सामना गर्नुपर्नेछ । व्यापारमा लगानी धेरै हुने आर्जनका कम हुने भएकोले मन अशान्त हुने छ । नयाँ प्रेममा संलग्न हुँदा पुरानो प्रेमले आक्रमण गर्न सक्ने भएकोले प्रेमको मामलामा सजग हुनु पर्ला । पति, पत्नीबीच हुने सुमधुर सम्बन्धमा विनाकारण मत उत्पन्न भएर घरेलु र अन्य कार्यलाई समेत असहज बनाउनेछ । फाल्गुन, चैत्रमा अढैया शनिको अन्त हुने भएकाले कूटनीतिक कार्यमा चमत्कारिक सफलता पाउन सकिनेछ । ज्ञान, विज्ञानका क्षेत्रमा सोचे अनुसार लाभ हुने छ । फाल्गुन चैत्र यस बर्ष फलदायी रहनेछ । सामाजिक कार्यमा उल्लेख्य सम्मान पाउने योग छ । श्रावण, भाद्र, पौष, चैत्रमा मानसम्मान र नोकरीमा मिल्ने, धन मनग्य कमाउने अवसर मिल्नेछ । शत्रु पराजय हुने छन् । शरीरमा जोश र जाँगर बढ्ने,अरूवाट सम्मान पाउने योग छ । ज्येष्ठ, आश्विन, माघमा स्वास्थमा बाधा आउने, घरेलु समस्या वढ्ने, मित्र तथा परिवारले धोका दिने, सवारी साधन विग्रने, आर्थिक संकट आउनेछ । अन्य महिना मध्यम रहनेछन् ।

बृश्चिक
यस वर्ष ग्रह गोचर माघ २७ सम्म धेरै राम्रो रहनेछ । सानातिना प्रयासले पनि महत्वपूर्ण काममा सफलता धेरै पाउने वर्ष छ । बर्षारम्भ देखि बर्षभरि नै छैटा मेषको राहु रहने हुँदा शत्रु पराजय हुने मित्रहरु सहयोगी हुने नयाँ मित्रहरु थपिन आउने भुलेका मित्रहरुले याद गर्ने वर्ष हो । भाग्यश चन्द्रमा शुभ भई कर्म स्थानमा रहने हुँदा नयाँ जागिर पाउने भएको जागिरमा पदोन्नति हुने सम्भावना बलियो छ । शरीरमा स्फुर्ति मनमा हर्ष अत्याधिक बढ्नुका साथै अधुरा काम बन्ने, नयाँ काम पाउने योग बलियो छ । सहयोगीहरूका सहयोग पर्याप्त मात्रामा मिल्नेछ । दाजुभाइबाट पूर्ण सहयोग मिल्नेछ । बोलीको प्रभाव राम्रो हुनुको साथै अरूको विश्वास सजिलै जित्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा महत्वपूर्ण सफलता पाइनेछ । पढ्नका लागि विदेश वा स्वदेशमा छात्रवृत्ति प्राप्त हुने योग छ । घर, जग्गा तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । सन्तान नहुनेका लागि सन्तान प्राप्ति हुने बलियो सम्भावना छ, भएका सन्तानहरूको तीब्र प्रगति हुने योग छ । व्यापारमा र वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिनेछ । प्रेम गर्ने अवसर मिल्नेछ । वैवाहिक सम्वन्धमा वाँधिने योग बलियो छ । भाग्य बलियो भएकाले सामाजिक कार्यमा उचित सम्मान पाउने योग छ । नोकरीमा उच्चस्थान प्राप्तिका साथै स्वीकार्य स्थानमा स्थानान्तरण हुनेछ । औद्योगिक कार्यमा संलग्नहरूका लागि वर्ष फलदायी रहनेछ । कृषि तथा निर्माण व्यावसायिक व्यक्तिहरूका लागि ग्रहगोचर राम्रो रहनेछ । बृहस्पति अनुकूल रहने हुँदा बोलीको प्रभाव बढ्ने सन्तान नहुनेले पुत्रलाभ गर्ने अवसर यो बर्ष मिल्ने छ । राज्यबाट बौद्धिक सम्मान मिल्ने सम्भावना छ । माघ २८ देखि अढैया शनिको आरम्भ हुने हुँदा अनावश्यक विवादमा फस्न सक्ने, शत्रु बढ्ने, स्वास्थ्यमा अवरोध आउने योग छ । घरेलु समस्याले सताउने सवारी साधनले दुःख दिने मनमा डर बढ्ने । नोकरी तथा राजनीतिमा उतारचढाव आउने सम्भावना छ । विश्वास गरेकाले धोका दिने हुने भएकोले विचार गर्नु उचित हुनेछ । यी समस्याबाट छुट्कारा पाउन शिवको आराधना शनिको जप पिपलको पूजा भैरवको उपासना गर्नु उचित हुनेछ । आषाढ, कार्तिक, फाल्गुण महिनामा स्वास्थमा संकट आउने, लेनदेनमा विवाद र खर्च बढ्ने, झुट्टा आरोप लाग्ने, मन विचलित हुने योग छ। वैशाख,भाद्र, आश्विन, माघमा नोकरी, सम्मान, राजनीतिमा सुधार आई जोश र जाँगर बढ्ने, शत्रु नाश हुने, धन लाभ हुने योग । अन्य महिना मध्यम रहनेछन् ।

धनु
चतुर्थ भावमा केन्द्रादि दोष दिँदै रहेका गुरु र द्वितीयमा शनि हुँदा अरुवाट तीव्र आलोचना हुने धनमाल हराउने र स्वास्थ्यमा बाधा,आउने योग छ । शत्रु वृद्धि, काममा अवरोध आउन सक्छ । घरेलु काममा व्यस्त रहदा आफन्तहरुको सहयोगमा लाग्नु पर्दा पढाइमा बिघ्न आउने छ। सन्तानसँग पञ्चम मेषको राहुले विज्ञानमा भएका सन्तानहरुको तीब्र प्रगतिले खुसी बढाउनुका साथै, खोजमुलक लेखनमार्गमा पर्याप्त सफलता पाउने सम्भावना छ । राहुको अनुकूल प्रभाव वर्षभरि रहने हुँदा नयाँ नयाँ खोज हरुमा लागेर सफलता पाउन सकिने छ । गुरुको दशमको दृष्टिले नोकरीमा सुधार आउने, राजनीतिमा सुखसुविधा पाउने अवस्था छ । बैशाखदेखि अषाढसम्म ग्रह अनुकूल हुँदाआम्दानीका अवसरहरू प्रशस्त मात्रामा मिल्नेछन् । मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्ने, रोकिएका कामहरू सुचारु हुने, नयाँ कामको अवसर मिल्नेछ । ज्ञान, विज्ञानमा लागेकाहरूका लागि समय अनुकूल रहनेछ । आफन्त, मित्र तथा परिवारहरूबाट उचित सहयोग मिल्नेछ । व्यापारमा राम्रो लाभ उठाउन सकिनेछ । वैदेशिक र कूटनीतिक कार्यमा संलग्न हुनेहरूका लागि शुभ हो । भाग्यले साथ दिनेछ । सामाजिक कार्यमा सम्मान पाउने योग छ । नोकरीमा प्रगति र उन्नतिको अवसर मिल्नेछ । राजनीतिमा गुमेका स्थान पुनः प्राप्तिको अवसर मिल्नेछ । सहयोगीहरूको सहयोग पूर्णरूपमा पाइनेछ । दाजुभाइ, दिदीबहिनीको सहयोगले आर्थिक, सामाजिक, राजनीतिक कार्यलाई समेत अनुकूल प्रभाव पार्नेछ। श्रावण १२ गते देखि कार्तिक ३ गते सम्म शनि बृहस्पति बक्र हुने हुँदा दाँत मुख्मा पीडा, हाडजोर्नीको समस्या आउनेछ । नगदकारोबार गरे विवाद बढेर मुद्दामामला लाग्न सक्छ । विश्वासमा धोका हुनेछ । परिवारले साथ नदिने मित्रहरू पनि स्वार्थमा प्रेरित भईआफूलाई फसाउन सक्रिय हुनेछन् । पति, पत्नीबीचको विवादमा संयम नभए विछोडको स्थिति आउनेछ । पिता, पुत्रबीच सम्बन्ध बिग्रनाले घरझगडा निकै बढ्नेछ । नोकरीमा झुट्टाआरोप लागेर अपठ्यारो पर्नेसक्ने, स्थनान्तरण हुने र छुट्ने योग छ । आषाढ, कार्तिक, माघ अनुकूल र श्रावण, मार्ग,चैत्र प्रतिकूल रहनेछन्। अन्य महिना मध्यम रहनेछन्।

मकर
साढेसातीको प्रभाव बर्षभरि नै रहनेछ । गुरुको अनुकूल प्रभाव वर्षभरी रहने हुँदा पराक्रम बढ्ने, अधुरा काम बन्ने र नयाँकाम पाउने योग छ । बोलीको प्रभाव राम्रो रहने अरूलाई विश्वास लिन सकिने योग छ । नवौँ भाग्य र एकादश भावमा गुरुको दृष्टि रहने हुँदा धार्मिक कार्यहरूमा रुचि बढ्नेछ । ब्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा सोचे जस्तै सफलता मिल्ने छ । आम्दानीको नयाँ श्रोत हात पार्न सकिने छ । सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ। गुरुको अनुकूलताले संयम हुँदा महत्वपूर्ण काममा सफलता प्राप्त होला । सक्रिय भएमा पढाइमा उन्नति, र सन्तानको प्रगति र बौद्धिक कार्यमा अपेक्षित लाभ उठाउन सकिनेछ । वैदेशिक र कूटनीतिक कार्यमा राम्रै सफलता हासिल गर्न सकिनेछ । नयाँ र भरपर्दो प्रेमको प्रस्ताव आउने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । धार्मिक र सामाजिक कार्यमा संयम भएर अघि बढेमा लाभ उठाउन सकिनेछ । नोकरी तथा राजनीतिमा शुभ अवसरहरू प्रसस्तै मिल्नेछन्। दिदीबहिनी र छोरीबुहारीको राम्रो सहयोग शान्त मन र मिजासकाकारण आफन्तहरूबाट धेरै लाभ मिल्नेछ पाउनुहोला । मेषको राहु चतुर्थ स्थानमा रहेकोले नयाँ मित्र सँगको आगमन हुनुको साथै सवारी साधन प्राप्त हुनेछ ।। शत्रुबाट भने आक्रमित हुनसक्ने भएकोले सजग हुनु पर्नेछ । श्रावण १२देखि कार्तिक ३ सम्म गुरु र शनि एकसाथ बक्रहुने हुँदा समय निकै प्रतिकूल रहने हुँदा धार्मिक पक्षमा मन नजाने, झुट्टा मुद्दामामलामा फस्ने सम्भावना छ । उच्च रक्तचाव बढ्नुको साथै मुटुमस्तिष्कमा पीडा हुन सक्छ । धनमाल हराउनुको साथै दाँत र मुखमा पीडा धेरै हुनेछ । पेट दुःखाइ, हड्डी र नसाको समस्या आउन सक्छ । नोकरीमा सचेत नभएमा यसै समय स्थानान्तरणका साथै पदमुक्तसम्म हुने अवस्था आउन सक्छ । राजनीतिमा प्रशस्तै अप्ठ्याराहरूको सामना गर्नुपर्नेछ । सानो भूलको परिणाम भयावह बन्नसक्छ । निर्दाेष भए पनि दोषीबनेर आफ्नो स्थान गुमाउनुपर्ने अवस्था आउन सक्ने भएकोले कसैको विश्वास गर्नु सङ्कट निम्त्याउनु हो भन्न सकिन्छ । अन्य समय कठिनताको बावजुद बैशाखमा घरेलु समस्याले सताउनुको साथै सवारी साधानले दुःख दिने, मित्रले धोका दिने योग छ । भाद्रमा स्वास्थ र काममा बाधा, आर्थिक संकट, पौष महिना अशुभ रहनेछन्। आषाढमा शत्रु नाश हुने, काममा सफलता मिल्नेछ । मार्गमा धनलाभ, विद्यामा सफलता, सन्तान सुख मिल्नेछ । चैत्रमा पराक्रम बढ्ने, अधुरा काम पुराहुने, नयाँ कामको अवसर पाउने योग छ । अन्य महिना मध्यम रहनेछन् ।

कुम्भ
ग्रहगोचर समग्रमा अनुकूल रहनेछ । वर्षभरि नै साढेसातिको प्रभाव रहेपनि राशि स्वामि शनि भएकोले त्यति प्रतिकूलता बढ्ने छैन । द्वितीय र एकादशेश गुरु कारक भई द्वितिय भावमा बस्ने हुनाले बोलीको प्रभाव प्रसस्त मात्रामा बढ्नेछ । तृतीय राहुले मनमा उत्साह शरीरमा स्फुर्ति काममा रुचि बढाउने छ । बर्षारम्भमा भाग्यश शुक्र कर्मेश तथा तृतियस मङ्गल राशिमा राज योग बनाएर शुभ चन्द्रमा समेत भाग्यभावमा बुधादत्यि योग तृतीयमा परेकाले आफु प्रभावित भई मित्रहरूले साथ दिने,नयाँ सवारी साधनमा ल्याउने योग छ । धन प्रशस्त कमाउन सकिनेछ । बोलीको प्रभावले अरूलाई विश्वासमा लिएर अगाडि बढ्ने अवसर मिल्नेछ । उच्च मनोबल र नयाँ जोशका साथ अघि बढ्दा पुराना समस्या सुल्झाउन, नयाँ कामहरू सुरु गर्न सहज हुनेछ । परिवार र मित्रबाट उचित सहयोग मिल्नेछ । घरघडेरी तथा सवारी साधन जोड्ने अवसर मिल्नुको साथै नोकरीमा उपयुक्त स्थानमा स्थानान्तरण र पदोन्नति हुने योग छ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । विज्ञानमा अनुसन्धान गर्न लागिपरेकाहरूले चमत्कारिक सफलता हासिल गर्नेछन् । व्यापारमा र वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ । कूटनीतिक कार्यमा सफलता र राजनीतिक नियुक्तिको योग बलियो छ । महत्वपूर्ण काम धेरै गर्नु होला ।। श्रावण १२ देखि बक्र गुरु र बक्र शनिले धनको खति हुने योग भएपनि लगानि उचित कार्यमा लाग्ने छ । अनावश्यक विवादले मानसिक सन्तुलन कायम राख्न गाह्रो पर्न सक्छ । अरूबाट तीव्र आलोचना हुने, धनमाल हराउने सम्भावना छ । उपलब्धीहीन कार्यमा समय खर्च हुनेछ । दाजुभाइ र सहयोगीहरूको सहयोग प्राप्त भएपनि आफ्नै गलत विचारका कारण लाभ उठाउन सकिनेछैन । दाँत र मुखमा पीडा हुने, उच्च रक्तचावले गर्दा मुटुमस्तिष्कमा पीडा बढ्न सक्छ । हड्डी र नसामा समस्या आउने सक्ने योग पनि छ । सन्तानसँग विमति नरहने, पढाईमा सफलता मिल्ने योग छ । बैशाख , श्रावण र पौष महिनामा पराक्रम बढ्ने नयाँकामको अवसर मिल्ने, धन मनग्य कमाउने सहयोगीहरूको राम्रो सहयोग रहनेछ। ज्येष्ठ, आश्विन र माघमा घरेलु समस्याले सताउने स्वास्थ्यमा बाधा आउने,धन नाश र झुट्टा आरोप लाग्ने भएकोले अशुभ रहनेछन् ।अन्य महिना मध्यम रहनेछन्।

मीन
समग्रमा ग्रहगोचर अनुकूल रहने छ । बोल्दा विचार पुर्‍याएमा वर्षारम्भमा एकादश भावमा रहेको शनि अनुकूलताले प्रशस्त आय आर्जन गर्न सकिनेछ । राशिमा केन्द्रादि दोषयुक्त गुरु भए पनि पञ्चम सप्तम र नवम दृष्टि बलसालि रहेको र गुरुको दृष्टि सर्वसक्तिमान हुनेहुँदा तपाईको सत्यतालाई सबैले स्वीकार्ने छन्। बौद्धिकता तिब्र भएकोले काममा सफल हुन सहयोग गर्नेहरु धेरै हुनेछन्। भाग्य बलियो हुनाले महत्वपूर्ण कामलाई तीव्र गतिमा अघि बढाउन सकिनेछ । नयाँ मित्रहरूसँग संवाद र सहकार्य गर्ने अवसर मिल्नेछन् । सहयोगीहरू, दाजुभाइ तथा दिदीबहिनीहरूबाट राम्रो सहयोग पाइने हुँदा काम गर्दा आफन्त हरुसङ्ग परामर्श गर्नु उचित होला । न्यायिक, वैज्ञानिक र साहित्यिक क्षेत्रमा सुधार आउने भएकोले सकृय हुनु राम्रो । सन्तानबाट सहयोग पाउने सम्भावना अत्याधिक रहनेछ । वैदेशिक व्यापार, वैदेशिक शैक्षिक,छात्रवृत्ति र कूटनैतिक कार्यमा रहेकाहरूलाई यो वर्ष ग्रहले पूर्ण साथ दिने भएकोले सकृय भएर अघि बढ्नु उचित होला । नयाँ प्रेमको प्रस्तावले पुराना प्रेमलाई गतिरोध तथा विनाप्रेमहरूको पनि वैवाहिक बन्धनमा बाँधिने योगमा पनि बलियो छ । धार्मिक र सामाजिक क्षेत्रमा सफलताको साथै सम्मान पाउने योग छ । नोकरीमा अपेक्षित सुधार आउने चाहेको स्थानान्तरण बलियो सम्भावना छ । विग्रेका कामहरू भन्ने मानसम्मान मिल्ने, आर्थिक उन्नतिले नयाँगति लिने, राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ । बौद्धिक कार्यमा तीब्रता आउने, पढाइमा सुधार आउनेछ । शैक्षिक, न्यायिक, दार्शनिक कार्यमा राम्रो सफलता हासिल गर्न सकिनेछ । गुरु, उत्तम दृष्टि र शनिको एकादशभावमा स्वगृह्य बसाइले आमावुवाको सन्तानसँग, सन्तानको आमाबुवासँग अति राम्रो सम्बन्ध हुन सक्ने भएकोले त्यसप्रति सक्रिय रहनु होला । माघ २८ गतेदेखि शनि साढेसाति आरम्भ हुने र द्वितीय राहुको प्रतिकूल प्रभावले अनावस्यक विवाद र दाँत मुखमा पीडा सञ्चित धनको नास हुने, योग छ । राशिमा केन्द्रादि दोषयुक्त गुरुले गरेका काम अधुरा रहने निर्णयको अभावले समयमा काम नबन्ने, नयाँ कामको अवसर नमिल्ने योग छ । गुरु राशिमा रहँदा तीब्र तनावको सामना गर्नुपर्ला । महत्वपूर्ण निर्णयहरू सकेसम्म माघ २७ सम्ममा गर्नु उचित हुनेछ । ज्येष्ठ, भाद्र र माघमा पराक्रम बढ्ने, अधुरा काम बन्ने,नयाँकामको अवसर मिल्ने र धन मनग्य आर्जन हुने योग छ । अषाढ, कार्तिक र फाल्गुणमा खर्च र विवाद बढ्ने, स्वास्थ्यमा बाधा आउने, पारिवारिक समस्या वढ्ने, सवारी साधन बिग्रने वलियो सम्भावना रहनेछ । अन्य महिनाहरू मध्यम रहनेछन् ।

चैत २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्