विश्व नारी दिवसः एकअर्कासँग हातेमालोको आवश्यकता

११२ औँ विश्व नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण नारीमा शुभकामना टक्र्याउन चाहन्छु। हरेक वर्ष मार्च ८ का दिन विश्वभरी दिवस मनाइन्छ । नारीहरुले गरेको त्याग, तपस्या र बलिदानको लागि उनीहरुलाई प्रेम, प्रशंसा, आदर र सम्मान गर्ने दिनको रुपमा संसारभरि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिन्छ ।

‘नर’ भन्ने शब्दमा ‘ई’ प्रत्ययलागेर नारी शब्द बनेको हो। यसरी नेपालीमा प्रचलित नारी शब्दले पनि नारीको हकहित र अधिकारको जगेर्ना गर्ने उद्देश्यले प्रतिपादन गरेको सिद्धान्त भने बुझाउँदछ। नारीका अस्मिता र स्वतन्त्रताप्रति प्रतिबद्ध, मान्यता सिद्धान्त वा आन्दोलन नै नारीका अधिकार हुन्। यसलाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसका रूपमा लिइन्छ। नारीहरु माथि पितृसत्ताले लादेका विभेद, हिंसा एवम् बन्धनबाट मुक्तिका निम्ति आह्वान गरिँदै आएको छ । नारीले पनि पुरुष सरह आफ्नो अधिकार र अवसरको खोजी गरी यसको सुरक्षाप्रति प्रतिबद्धता जनाउनु पर्दछ । नारी चेतना र विद्रोहको आवाज नेपाली साहित्यमाप्रयोग हुनथालेपछि यसको अध्ययन विश्लेषण पनि हुन थालेको देखिन्छ।

विश्वमा नारी मुक्तिका निम्ति विभिन्न आन्दोलन र अभियानले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। नारी मुक्ति र महिलाअधिकार सम्बन्धी जनचेतना जागरण सर्वप्रथम युरोपबाट प्रारम्भ भएको हो। पुँजीवादी समाजको प्रारम्भसँगै भएको औद्योगिकक्रान्तिले नारी जागरणको वातावरण बनाउँदै गएको देखिन्छ। महिलाहरु उद्योग कलकारखानमा काम गर्दा पुरुषले भन्दा कम पारिश्रमिक पाउने तथा त्यहाँ हुने अरु अन्याय र विभेदविरुद्ध बोल्न सक्ने भएका छन् ।

परम्परागत सामाजिक मान्यताहरुलाई तोड्दै सर्वप्रथम युरोपका महिलाहरुले नागरिकता र मताधिकारको विषयलाई प्रमुख मुद्धा बनाई आन्दोलन गरेका थिए । त्यसपछि नारी र पुरुषको बीचमा विभेद रहित सामाजिक राजनीतिक र अन्य क्षेत्रमा पाइने स्वतन्त्रता सम्बन्धी अधिकारको माग गर्दै समेत नारी आवाज उठाउन थालेको पाइन्छ।

चेलीबेटी बेचबिखन, बलात्कार, हत्या, घरेलु हिंसाहरू र सामाजिक कुरीतिहरुलाई सकेसम्म चाँडो हटाएर महिलालाई निर्धक्क भएर जीवनयापन गर्ने वातावरण बनाउने कार्यमाहामी सबै एकअर्कासँग हातेमालो गर्दै अघि बढ्नु आजको आवश्यकता हो।

संघसंस्था र संगठन बन्नथालेपछि यसले संगठित रुपमा नारीवादीआवाजलाई बुलन्दगर्दै विश्वव्यापी रुपमा अगाडि बढाइएको छ। नारीमाथि हुने गरेका सम्पूर्ण अन्याय अत्याचार शोषण तथा अन्धविश्वास परम्परागत मान्यताको विरोध गर्दै शैक्षिक, राजनीतिक ,आर्थिक र सामाजिक क्षेत्रमा महिलाहरुको अधिकारको सुनिश्चितताको माग गर्दै आन्दोलन विश्वव्यापी रुपमा अगाडि बढेको देखिन्छ।

नारी सृष्टिको रचनामध्येको उत्तम र सुन्दर रचना मानिन्छ। नारी विना सृष्टिको कल्पना नै सम्भव छैन। नारीहरु विभिन्नदर्जामा रहदा छोरी, दिदीबहिनी, बुहारी, आमाहुदै हजुरआमाआदिको रुपमा उपस्थित हुन्छन् । हरेक इच्छा आकांक्षाहरुलाई पछि सारेर परिवारको उन्नतिका लागि हरपल प्रयासरत रहन्छन् । घर परिवार लगायत समाजको साथै राष्ट्रको प्रगतिमा नारीको सधैँ महत्वपूर्ण भूमिका रहँदै आएको छ। तर परापूर्व कालदेखि नै विश्वभरिका नारीहरू सधैँ पछाडि पारिँदै आएका छन्।

नेपालको सन्दर्भमा हेर्ने हो भने महिलाहरूको अत्यन्त दयनीय अवस्था रहेको छ। देशको जनसङ्ख्याको आधाभन्दा बढी संख्या ओगटेका नारीहरू अझै पनिदाईजो प्रथा, घुम्टो प्रथा, विधवाप्रथा, छाउपडी प्रथा जस्ता कुरीतिहरु झेल्न बाध्य छन्। धेरैजसो महिलाहरु अझै पनि भातभान्सा, मेलापात र घाँसदाउरा मै सीमित छन्। महिलाहरूको चेतनाअभिवृद्धि गर्न र लैंगिक समानताल्याउनु नै यस नारी दिवसको महत्व रहेको छ ।

समय र परिस्थिति सँगै समाज परिवर्तन हुँदै आएको छ। समय परिस्थितिसँगै समाज परिवर्तन हुँदै आएको छ। सति प्रथा जस्तो अमानवीय प्रथाहरु देशबाट उन्मूलनभई बिस्तारै महिलाहरूको स्थितिमा भने सुधार आएको देख्न सकिन्छ। छोरीहरुले पनि विद्यालयजाने र शिक्षा हासिल गर्ने अवसर पाउनथालेका छन्। उच्चशिक्षाको लागि विदेश पनि जान थालेका छन्। घरको काममा मात्र सीमित नरही बाहिर अर्थात विभिन्न सेवामा कार्यालयको कामहरु पनि गर्न थालेका छन्। त्यसकारण आजका महिलाआश्रित नारी नभई सबै काम गर्न सक्षम ,सबल ,स्वतन्त्र र आत्मनिर्भर भई अगाडि बढेका छन्। विभिन्न ठाउँमा रहेका महिलाहरु भित्र लुकेका प्रतिभाहरु बिस्तारै अगाडि देख्न सकिन्छ। आज नारी विश्वकीर्तिमानी कार्यहरुमा सफलताका साथ अगाडि बढेका छन्। महिलाहरु सशक्तभएर आफ्नो भविष्यआफैले बनाउन सक्षम बाटो तर्फ लागेको देख्न सकिन्छ।

महिला सशक्तिकरण र समानताका लागि आजको यो विशेष नारी पर्वलाई लिइन्छ। हाल संसारभर नै नारीहरूको उत्थान र विकासका लागि धेरै प्रशंसनीय तथा प्रभावकारी काम अघि बढेका छन्। यसैगरी नेपालमा विभिन्न समयमा महिला अधिकारका लागि सकारात्मक पाइलाहरु बिस्तारै अघि नबढेका भने होइनन्। तर अझै पनि धेरै काम गर्न बाँकी रहेको देखिन्छ। चेलीबेटी बेचबिखन, बलात्कार, हत्या, घरेलु हिंसाहरू र सामाजिक कुरीतिहरुलाई सकेसम्म चाँडो हटाएर महिलालाई निर्धक्क भएर जीवनयापन गर्ने वातावरण बनाउने कार्यमाहामी सबै एकअर्कासँग हातेमालो गर्दै अघि बढ्नु आजको आवश्यकता हो। जहाँ नारीको सम्मान हुन्छ त्यहाँ सुख, शान्ति र समृद्धि समाजको निर्माण अवश्य नै हुन्छ। भनिन्छ नारी भएको घरमा ईश्वरको पनि बास हुन्छ र यो सम्भव पनि छ । “यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। जय नारी ।

फाल्गुन २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्