एमाले दाङकाे अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत

दाङ – नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन।

शुक्रबार सम्पन्न १३ औं जिल्ला अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। बस्नेत यसअघि उपाध्यक्ष थिए।

यस्तै उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हीरादेवी पुन पदाधिकारीमा निर्वाचित भएका छन्। सचिवमा मनाेहर बुढाथोकी र उपसचिवमा कृष्ण भुसाल दाेहाेरिएका हुन्।

अधिवेशनले १२१ सदस्यीय कमिटी निर्वाचित गरेकाे छ।

पुस २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्