इटालीका गोलरक्षक डोनारुम्मा बने प्लेअर अफ दि टुर्नामेन्ट

इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा युरोकप २०२० को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् ।

इटालीलाई उपाधि दिलाउने क्रममा उनको भूमिका अति महत्वपूर्ण छ । २२ वर्षका डोनारुम्माले वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डका दुई खेलाडीले प्रहार गरेका पेनाल्टीको सुन्दर बचाउ गरेका थिए ।

सोही बचाउका कारण इटालीले सन् १९६८ पछि पहिलोपटक युरोपक जित्यो । डोनारुम्माले इंग्ल्याण्डका जेडन सान्चो र बुकायो साकाको प्रहार रोकेका हुन् ।

प्लेअर अफ दि टुर्नामेन्ट जित्ने उनी दोस्रो गोलरक्षक हुन् । यसअघि सन् १९९२ मा डेनमार्कका पिटर श्माइकलले सो अवार्ड जितेका थिए ।

डोनारुम्माले युरो २०२० मा तीन खेलमा गोल खाएनन् । उनले प्रतियोगिताभर मात्रै चार गोल खाए । उनले ९ प्रहार बचाए । सेमिफाइनल र फाइनलमा भएको पेनाल्टी सुटआउटका उनी नायक हुन् ।

सन् २०१८ को विश्वकपमा इटाली छनौट हुन नसकेपछि डोनारुम्माले भेट्रान गोलरक्षक जियानलुइजी बुफोनलाई प्रतिस्थापित गर्दै इटालीको टिममा स्थान बनाएका हुन् ।

यस्तै स्पेनका युवा खेलाडी पेद्री ‘योङ्ग प्लेअर अफ दि टुर्नामेन्ट’ घोषित भएका छन् ।

असार २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्