प्रतिक्रिया

इमोसनल इन्टेलिजेन्सबारे डा. सुधा शर्मालाई केही सुझाव

देशसञ्चारमा प्रकाशित डा. सुधा शर्माकाे लेख पढेँ, उहाँले पूर्वीय दर्शनसँग पनि जाेडेर उद्धृत गर्नुभएका श्लाेकहरू प्रासङ्गिक छन्। इमाेसनल इन्टेलिजेन्स मलाई पनि मन पर्ने विषय भएकाेले पाठकहरूलाई केही पुस्तकहरू पढ्न सुझाव दिन्छु, विद्वान लेखकले त पक्कै पनि पढ्नु भएकै हुनु पर्छ।

१. Daniel Goleman का प्राय: सबै पुस्तकहरू। त्यसमध्ये पनि Emotional Intelligence, Destructive Emotions, Working with Emotional Intelligence महत्वपूर्ण छन्, दलाई लामासँगकाे सहलेखनमा लेखिएकाे अर्काे पुस्तक पनि छ ।

२. जहाँसम्म मस्तिष्कसँग सम्बन्धित कुरा छन्, Antonio Damasio काे The Feeling of What Happens पुस्तकमा विस्तृत वर्णन गरिएकाे छ, Goleman आफैँ Damasio बाट प्रभावित भएकाे कुरा Emotional Intelligence पुस्तकमा पनि लखेका छन्। Damasio काे पुस्तक एकपटक पढेँ, धेरै बुझ्न सकिनँ। तर संवेगात्मक कुराहरूकाे निर्धारण, मस्तिष्कका विविध भागहरूमा हुने वैज्ञानिक तथ्यहरू महत्वपूर्ण लागे।

३. याेभन्दा पनि महत्वपूर्ण Yale University का Peter Salovey र University of New Hampshire का John D. Mayer ले लेख्नुभएकाे Emotional Intelligence लेख Vol 9(3) page 185-211 मा यसकाे परिकल्पना गरिएकाे छ। याे जर्नल आर्टिकलकाे पृष्ठ 190 मा त्याे परिकल्पना दखाइएकाे छ।

४. त्यसाे त Mayor,Caruso र Salovey काे ‘The ability Model of Emotional Intelligence: Principles and Updates’ लेखमा सातवटा सिद्धान्तहरू पस्किएका छन् । याे महत्वपूर्ण लेख 2016 काे Emotional Review मा छापिएकाे छ ।

अनुसन्धानात्मक पुस्तक/लेखहरूकाे citation गर्न लेखकलाई मेराे सुझाव छ ।

-मित्रबन्धु पौडेल

प्रिन्सिपल, लिटल एन्जेल्स कलेज अफ म्यानेजमेन्ट

 

भदौ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्