‘सर्वेन्द्र खनालजी, यो त अति भयो’

गायिका आस्था राउत

भोजराज न्यौपाने –

लाेकप्रिय गायक पशुपति शर्माकाे गीत ” लुट्न सके लुट कान्छा…” लाई कार्यकर्ताकाे माध्यमबाट प्रतिबन्ध लगाईयाे ।

टीन एजका युवामाझ चर्चित र्याप गायक भिटेनलाई गीतकै शिलशिलामा पक्राउ गरियाे । प्रसिद्ध गायिका आस्था राउतलाई ‘अति सामान्य’ विषयमा पक्राउ गरेर थुनामा राख्ने निन्दनीय काम गरेकाेछ सरकारले ।

मान्छे हाे गल्ती हुन सक्छ । माफी मागेकै थिइन्। आस्थालाई पक्राउ गर्नैपर्ने गल्ती गरेकाे भए एयरपाेर्टमा त्यतिबेलै हत्कडी किन लगाउन सकेन प्रहरीले ? किन छुट दियाे उनलाई ?

भोजराज न्यौपाने

त्यतिबेलै पक्राउ नगर्ने प्रहरीले कसरी ड्युटी राम्रो गर्याे ? के प्रहरीकाे मनाेबल बढाउन नागरिकलाई जथाभावी थुन्नुपर्ने हाे ? प्रहरीले कागज गराएर छाड्न सक्ने बिषयमा मुद्दा चलाउनु प्रशासनकाे पदीय दुरुपयाेग हाे ।

आवेगमा बाेलेकाे कुरालाई ज्यान मारेकाे सजाय जस्ताे व्यवहार गर्नु सर्वथा निन्दनीय छ । अभिव्यक्ति स्वतन्त्रतालाई थुनछेक गरेर नागरिककाे माैलिक अधिकार खाेस्ने प्रपञ्चमा सरकारकाे सक्रियता बढ्नु निश्चयनै सुखद संकेत हाेईन ।

बाेलेकै , गीत गायकै आधारमा यति कठाेर सजाय त पञ्चायती व्यवस्थामा समेत थिएन । दुई तिहाई प्राप्त सरकारलाई लाेकतन्त्र पटक्कै मन परेकाे छैन भन्ने पछिल्लो उदाहरण हाे आस्थाकाे हिरासत प्रकरण ।

लाेकतन्त्रका लागि लडेका पार्टीहरु अभिव्यक्ति स्वतन्त्रताकाे पक्षमा बाेल्नु पर्ने हाेईन ? कि ज्यानमुद्दा खेपेकाहरु भटाभट संसदमा ‘माला’ लगाएर ‘सम्माननीय’ बनेर छिर्ने र, प्रहरीकाे सामान्य आलाेचना गरेकै आधारमा ‘जेल सजाय’ भाेग्नुपर्ने व्यवस्था ल्याएका हाै हामीले ?

-फेसबुकबाट

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्