प्रश्नै प्रश्नको जालोमा नेपालको सीमा समस्या

- प्रश्नै प्रश्नको जालोमा नेपालको सीमा समस्या, चुनौती र फणिन्द्र नेपालको ग्रेटर नेपाल अभियान १
१. नेपालको इतिहास गहिरिएर पढ्नोस् सत्ताधारीहरूको सत्तास्वार्थको रक्षाको लागि नेपालले गरेको उग्र(राष्ट्रियताको खेती मूलतः सन् १८१४-१६को नेपाल अङ्ग्रेज युद्धको कारण बन्यो। त्यस युद्धमा नेपालले आफ्नो एक तिहाई भूभाग गुमायो। टिष्टादेखि सतलजसम्मको नेपाललाई सुगौली सन्धिले मेची र महाकालीमा खुम्च्यायो।
२. १९५०मा नेपाल भारतवीच भएको सन्धिले सुगौली सन्धिलाई खारेज गर्यो। सुगौली सन्धि रद्द गरिएपछि सुगौली सन्धिले निर्धारण गरेको नेपालको सीमा स्वतः टिष्टा र सतलजसम्म पुग्नुपर्ने हो
( तर त्यसबारे नेपालका कुनै कालखण्डक शासकहरूले न प्रश्न उठाए न जवाफ दिए। नेपालको वर्तमान सीमाबारे पनि नेपाल (भारतवीच कुनै सन्धि सम्झौता भएको छैन। अर्थात आफ्नो सबैभन्दा महत्वपूर्ण छिमेकीसँग नेपालले कुनै सीमा सम्झौता वा सन्धि गरेको छैन। सीमा अनिर्णित नै छ।
३. भारत स्वतन्त्र हुँदा नेपाल र भारतले जे जति जमिन भोग चलन गरेका थिए त्यसैलाई दुवै मुलुकले आफ्नो सीमा मान्दै आएका हुन्। यसलाई एक किसिमले अघोषित समझदारी भन्न सकिन्छ। नेपाल(भारत वीच कुनै सीमा सन्धि नभएको र सुगौली सन्धि खारेज भएको अवस्थामा सिद्धान्ततस् फणिन्द्र नेपालको ग्रेटर नेपाल अभियानलाई अस्विकार गर्न सकिने ठाउँ छैन।
नेपालको सीमानाबारे सही सवाल त फणिन्द्र नेपालले मात्रै उठाइरहेका छन्। सुगौली सन्धि अघि नेपालको सीमाना टिष्टा र सतलज थियो, सुगौली सन्धिले मेची र काली भन्यो १९५६०मा सुगौली सन्धि खारेज भए पछि नेपालको सीमाना स्वतः टिष्टा र सतलज हुनुपर्ने कुरालाई कसरी नकार्ने। त्यसैले फणिन्द्रजीको दावीको पुष्ट सैद्धान्तिक आधार छ , त्यसमा दम छ जस्तो लाग्दछ।
मूलकुरो व्यवहारमा त्यो कत्तिको सम्भव छ। ७० बर्ष देखि नेपाल सरकारले दावी नगरेको भूभागमा हाम्रो हक कसरी निर्माण होला। निजी जग्गा जमिनको हकमा पनि निश्चित अवधिसम्म आफ्नो जमिनमा दावी गरिएन र त्यो जग्गामा अर्कोले भोग चलन गरिरह्यो भने उक्त जमिनको हैसियत के हुन्छ।
नेपालजीको दावीको हकमा भारत सरकारले कसरी लिएको होला अनुमान गर्न सकिन्छ। सरसर्ती हेर्दा भारत सरकारले मान्न असम्भव नै छ तै पनि कथं मान्यो भने त्यहाँका नागरिकले के भन्लान् रु प्रश्न त्यो पनि छ। १९५० देखि आजसम्म नेपालको कुनै सरकारले प्रश्न नउठाएको सवाललाई कुनै नागरिक। र नागरिक संगठनले उठाएको अवस्थामा त्यसको कानुनी पक्ष कसरी निर्माण हुन्छ। सीमा सम्वन्धी अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले जान्लान।
४ कुनै समय मानसरोवर (कैलाश पनि नेपालको थियो (कुती ( सिगात्से पनि नेपालको थियो। तर नेपाल र चीनवीच सीमा सन्धि भएकोले ती कुरा सिद्धिए। ७० बर्ष देखि नेपाल र भारतले किन कुनै सीमा सम्झौता गरेनन्। आफ्नो सीमालाई किन खुला राखे। सीमा सन्धि र सम्झौता नगर्नु र सीमालाई खुला राखिरहनुको नेपालको र भारतको रणनीतिक उद्देस्य के हो, के थियो ।
५. प्रश्न अर्को पनि छ ( सम्भवतस् सर्वप्रथम श्री ३ चन्द्र समशेरले नेपालको सीमानाको सर्भे गराएर नक्सा तयार पारेका हुन्। त्यो नक्सा स्वयम् चन्द्र समशेरले नेपाल र आफ्नो शासन वारेमा पुस्तक लेख्न लगाएका ब्रिटिस विद्वान पर्सिवल लण्डन लिखित पुस्तकमा पनि छ। त्यो नक्सा बेलायतका विभिन्न प्रकाशन गृहहरूबाट प्रकाशित पुस्तकहरूमा पनि छ।
ती नक्साहरू र साविकको नेपालको वर्तमान नक्सामा फरक देखिन्न। त्यसैले अहिले नेपालको राजनीतिक बजारमा चलेको सीमा राजनीति, रणनीति र कूटनीति मैले बुझेको छैन। भारतले नेपालका भूभाग समेटेर नयाँ नक्सा बनाएर जारी गरेको पनि मैले पाएको ( देखेको (पढेको छैन।
यो कुरो मैले सामाजिक सन्जालमा राखिरहेको छु, मैले पाए (बुझे अनुसार त भारतले धारा ३७० को खारेजी पछि जम्मु काश्मिर र लद्दाखको राजनीतिक हैसियतलाई परिवर्तन गर्यो (हामीले सात प्रदेश र ७७ जिल्लालाई हाम्रो नक्सामा राखेर परिचय दिए जस्तै भारतले आफ्नो नक्सामा जम्मु काश्मिर र लद्दाखलाई नयाँ राजनीतिक परिचय दिएको मात्र हो।
६. हाम्रोमा मानिसहरुका आक्रामक दृष्टिकोण देख्दा त कतै हामी १८१२(१३ तिरको मानसिकता पो प्रदर्शन गरिरहेका र भारतलाई नयाँ निहुँ त प्रदान गरिरहेका छैनौ। मुलुक भित्रको आन्तरिक असन्तोष व्यवस्थापनगर्न सकिएको छैन। कतै कतै पृथकतावादी सोच पनि विकास भैरहेकै छ। यो वीचमा पुष्ट आधार र प्रमाण विना सीमा विवाद झिकेर हामी कसैलाई सघाईरहेका पो छौं कि। कसैको रणनीतिको सिकार भएर नेपाल विरुद्ध खतरनाक जुवा पो खेलिरहेका छौं कि।
७. हामी हाम्रो आन्तरिक राजनीतिक व्यवस्थामा उत्पन्न भएका समस्याको समाधानगार्ण नसकेर वा आन्तरिक राजनीतिले फरक चरित्र ग्रहण गर्ने निश्चित जस्तै भएको अवस्थामा त्यसलाई छेक्ने रणनीति अन्तर्गत त कतै यो रडाको मच्चाई रहेका छैनौ।
भारतले आफ्नो संविधानको धारा ३७०को खारेजी र जम्मु कश्मिर र लद्दाखलाइ दिएको नयाँ राजनीतिक परिचयका विरुद्ध रणनीतिक आधारमा असन्तुष्ट र क्रियाशील भारत र बाहिरका भारत वा भारत सरकार विरोधी शक्तिहरूको खेताला त बनिरहेका छैनौ हामी। (फेसबुकबाट)