काठमाडौँ – नेपाली समाजमा मनाइने चाडपर्वहरुमध्ये तिहारको अलग विशेषता छ। दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई प्रगाढ बनाउन उत्प्रेरित गर्ने यो चाड मनाउने पद्धति पनि पृथक छ।

विशेषतः उज्यालो, रंग र मिठाईको संयोजनबिना तिहार पूर्ण हुँदैन। त्यसैले तिहारका लागि बत्ती र रंगको खरीदबिक्रीसँगै मिठाई पसलमा पनि उत्तिकै ठूलो भीड लागेको छ।

हरेकजसो शुभकार्यका लागि मिठाई आवश्यक ठानिने नेपाली समाजमा शुभ दीपावली त मिठाईका विभिन्न परिकारबिना अधुरै रहन्छ। त्यसैले चाड पर्वको बेलामा मिठाई बनाउने, खाने, खुवाउने चलनै छ। तिहारलाई भाइटीकासँगै मिठाईको पर्व पनि मान्न सकिन्छ।

भाइटीका लगाइसकेपछि दिदीले भाइलाई दिने कोशेलीमध्ये एक हो मिठाई। तिहारको सुरुवातसँगै प्रायः सबैको घरमा सेलरोटी, अनर्सा जस्ता परिकारसँगै लण्डु तथा मिठाईका अन्य परिवार बनाउने चलन छ।

तिहारको सुरुवातसँगै मिठाई पसलमा दिन्दिनै भीड हुने गर्छ। त्यस्तै, २२ वर्ष पूरानो बानेश्वरको संगम मिठाई पसलमा पनि तिहारको चहलपहल राम्रै देख्न सकिन्छ।

शुद्ध शाहाकारी संगम स्वीट्समा तिहारका लागि मिठाई किन्नेहरुको ताँती लागेको छ। तिहारका लागि मिठाई कसरी बनाउने?

गुन्द, काजु, किसमिस, पास्ता, सुकमेललाई घ्यूँमा फ्राई गर्ने र त्यसमा सुगर पाउडर राखेर मिठाई बनाउन थालिने संगम स्वीट्सका सञ्चालकले जानकारी दिए। र, त्यसलाई एकछिन पूर्ण रुपमा चिसो नहुँदै सहायताले मिठाईलाई गोलो पारिन्छ।

त्यस्तै बेसनको लण्डु कसरी बनाउने त? मुँगको दाल पिसेर, घ्यूँमा फ्राई गर्ने र पास्ता, काजु, सुकमेलको पाउडर राख्ने, त्यसलाई मिलाएर गोलो पार्दै लण्डु बनाउने पनि संगम स्वीस्टका सेफले देश सञ्चालाई जानकारी दिएका छन्। बाँकी जानकारीका लागि प्रस्तुत छ यो भिडियोः